बेइजिङ, २९ कात्तिक । चिनियाँ राष्ट्रपति सि जिनपिङ र नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भएको टेलिफोन कुराकानीमा दुवैजनाबीच निकट भविष्यमै भेटवार्ता हुने चिनियाँ राष्ट्रिय टेलिभिजन प्रसारण सिसिटिभीले जनाएको छ ।
मुख्यतया, यस भेटघाटमा दुई शक्तिराष्ट्रबीच आपसी सम्बन्धको विस्तार र विकासका सम्बन्धमा छलफल हुने जनाइएको छ ।
नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचन अभियानका क्रममा असंस्कृत रुपले “एसियाको हात्ती, अमेरिकाको दुस्मन” इत्यादिजस्ता तीता शव्दबाट चीन उपर लान्छना लगाउँदै अमेरिकाले चीनबाट आयात गर्ने बस्तुमा ४५ प्रतिशतसम्म भन्सार तथा कर महसूल लगाउने चेतावनी दिनु भएको थियो ।
निर्वाचनअघिका कुराहरु बिर्सिइ विश्व अर्थतन्त्रका दुई सम्पन्न राष्ट्रबीच सहयोग आदानप्रदान हुने थुप्रै सम्भावना रहेको समेत दुई नेताबीच सोमबार भएको टेलिफोन वार्तामा चिनियाँ राष्ट्रपति सिले बताउनु भएको सिसिटिभीले उल्लेख गरेको छ ।
विश्वको अन्य देशका तुलनामा दुई देशबीच उच्च आर्थिक कारोबार हुने गरेकाले उच्च सहकार्यको आवश्यता रहेको, विद्यमान द्विपक्षीय सम्बन्धलाई अझै दर्विलो पार्नु पर्ने तथा आपसी हितका धेरै मामिलामा उच्चस्तरीय छलफल गर्नका लागि अतिशीघ्र भेटवार्ता गर्न दुईनेताबीच सहमति भएको राष्ट्रपति सिले बताउनु भएको भनी सिसिटिभीले जनाएको छ ।
सिसिटिभीले उल्लेख गरे अनुसार सो टेलिफोन कुराकानीमा नवनिर्वाचित राष्ट्रपति ट्रम्पले अमेरिकाका लागि चीन एक विशाल महत्व बोकेको राष्ट्र भएकोले चीनसँग सहकार्य गर्न आफू सदैव इच्छुक रहेको, चीन–अमेरिका आपसी सम्बन्ध र दुबैपक्षको जित हुने रणनीतिमा विश्वास राख्ने पनि बताउनु भएको छ ।
निर्वाचन अभियानका क्रममा चीनउपर अतिशयोक्ति गरी आलोचना गर्नुहुने ट्रम्प नै राष्ट्रपति पदमा आउनु भएपछि दुई देशबीच मडारिन लागेको अनिश्चिततालाई यस टेलिफोन वार्ता र शीघ्र भेटघाट, छलफल गर्ने प्रतिवद्धताले अलिकति भए पनि सकारात्मक सङ्केत देखाएको जनाइएको छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन