यी अभियन्ता जसले बागमती कन्चन बनाए

विसं २०७० जेठ ४ गते शनिबारदेखि वागमती सफाइ अभियानका अभियन्ता पूर्व मुख्यसचिव लीलामणि पौडेल चीनका लागि नेपाली राजदूतमा नियुक्ति भएपछि वागमती सफाइ महाअभियानको १८३औँ हप्तामाको शनिबार गुह्येश्वरी पुल आसपास नदी किनारका फोहर व्यवस्थापनपछि राष्ट्रिय फोटो पत्रकार समुहले बिदाइ गर्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस

विसं २०७० जेठ ४ गते शनिबारदेखि वागमती सफाइ अभियानका अभियन्ता पूर्व मुख्यसचिव लीलामणि पौडेल चीनका लागि नेपाली राजदूतमा नियुक्ति भएपछि वागमती सफाइ महाअभियानको १८३औँ हप्तामाको शनिबार गुह्येश्वरी पुल आसपास नदी किनारका फोहर व्यवस्थापनपछि राष्ट्रिय फोटो पत्रकार समुहले बिदाइ गर्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस

काठमाडौँ, २७ कात्तिक । सधँैभरी अरुको फोटो खिचेर समाचारमार्फत प्रकाशन र प्रशारण गर्न लागिपर्ने फोटो पत्रकार यसपटक आफैँं बागमती सरसफाइमा जुटेका छन् ।

हरेक शनिबार आयोजना हुने बागमती सरसफाइ कार्यक्रम अन्तर्गत १८३ औँं हप्तामा चलिरहेको सरसफाइमा सहभागी हुन राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को आह्वानमा विभिन्न सञ्चारमाध्यम तथा स्वतन्त्र रुपमा फोटो पत्रकारिता गर्ने करिब दुई दर्जन फोटो पत्रकार बागमती सरसफाइका लागि पुगेका थिए ।

उनीहरुले पशुपतिको उत्तरपट्टी रहेको गुहेश्वरी मन्दिर अगाडि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत अन्य समाजिक सङ्घ संस्थासँगै सरसफाइ गरेका थिए । एनएफपीजेको बागमती सरसफाइ कार्यक्रम अध्यक्ष धु्रव आलेको नेतृत्वमा सरसफाइ कार्यक्रम सम्पन्न भएको थियो ।

सधँै अरुको फोटो खिच्ने फोटो पत्रकार यसपटक क्यामेराको झोला बोकेर बागमती सरसफाइमा होमिएको देख्दा सरसफाइमा सहभागी अन्य सङ्घ संस्थाका प्रतिनिधि अचम्मित भएका थिए । पत्रकारले पनि आफ्नो फुर्सदको समय समाज सेवामा लगाउन सक्छन् भन्ने सन्देश दिन बागमती सरसफाइ महाअभियानमा सहभागी भएको एनएफपीजेका अध्यक्ष धु्रव आलेले जानकारी दिनुभयो ।

त्यस क्रममा बगमती सरसफाइ अभियानका अभियान्ता एवम् चीनका लागि नवनियुक्त राजदूत लिलामणि पौडेल, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टन्डन, सांसद रामेश्वर फुँयाललगायतले फोटो पत्रकारले विगतमा फोटो मार्फत् सामाजिक सेवा गरेको भए पनि यसपटक आफैँं सरसफाइमा आउँदा यसले समाजमा अत्यन्तै सकारात्मक सन्देश प्रवाह हुने बताएका थिए ।

त्यस क्रममा बागमती सरसफाइ अभियानका मुख्य अभियान्ता पोखरेललाई यो शनिबारदेखि बागमती सरसफाइ अभियानबाट बिदाइ समेत गरिएको छ । उहाँ चीनका लागि राजदूत नियुक्त हुनुभएपछि आजैदेखि उहाँलाई यो अभियानबाट बिदाई गरिएको हो । त्यस अवसरमा विभिन्न सङ्घ संस्थाले उहाँको यो सामाजिक अभियानको उच्च कदर गर्दै बागमती नदीतटमै सम्मानपत्र प्रदान गरेका थिए ।

पौडेलको अनुपस्थितिमा पूर्व सचिव किशोर थापाले सफाइ महाअभियानको नेतृत्व गर्नुहुने गरी तोकिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा पौडेलका बुबाआमा तथा सानीआमालगायतको सहभागिता रहेको थियो ।

यसैगरी बागमती सफाइ महाअभियान सुरु भएको १८३ औँ हप्ताको शनिबार आज गुह्येश्वरीपुल आसपासको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सफाइमा नेपालका लागि युरोपेली सङ्घका राजदूत रिन्चे टिरिङ र पूर्व सचिव थापालगायतका व्यक्तित्वको सक्रियता थियो । अधिकार सम्पन्न बागमती समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका, तिलगङ्गा महिला समूह र फोटो पत्रकार सङ्घको पनि सफाइमा संस्थागत सहभागिता थियो ।

महानगरपालिकाले विभिन्न वडामा सफाइ सम्बन्धी जनचेतनामूलक माइकिङ अभियान पनि सुृरु गरेको छ । रुद्रमती (धोबीखोला) सफाइको १४२ औँ हप्तामा आज सिफलदेखि सेतोपुलसम्मको नदीभित्रै पसेर सफाइ गरियो ।
महानगरीय प्रहरी स्थापनाको साता भएकाले आजको रुद्रमती सफाइमा नेपाल प्रहरी महाराजगञ्ज २ नं गण, महानगरीय प्रहरी वृत्त गौशाला र कमलपोखरीका प्रहरीले नदीभित्र छिरेर सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका अध्यक्ष वासुदेव मरासिनीले जानकारी दिनुभयो ।

सफाइमा वातावरण संरक्षण अभियान, हेम्स स्कुल, वेलकेयर अस्पताल लगायतको सहभागिता थियो । विष्णुमती सफाइको ११६ औँ हप्तामा आज टेकुपुलमा सफाइ गरी नौ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी विजेन्द्र लामाले बताउनुभयो ।

महानगरीय प्रहरी स्थापना दिवसको अवसर पारेर विष्णुमती सफाइमा पनि नेपाल प्रहरीको उल्लेख्य सहभागिता थियो । गुह्येश्वरमाथिको बागमती नदी किनारमा राम्रो जोरपाटी हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज र माकालबारी टोल सुधार समितिले सफाइ गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री