लन्डन । लन्डन दूतावासले बेलायतीलाई नेपाल घुम्न जान अनुरोध गरेको छ । एभरेष्ट इन ग्रुपले दीपावलीका अवसरमा बेलायतीमाझ आयोजना गरेको एक कार्यक्रममा लन्डन दूतावासका उपनियोग प्रमुख शरदराज आरणले नेपालको प्राकृतिक सौन्दर्यताको वर्णन गर्दै एकपटक नेपाल जान अनुरोध गरे । नेपाल घुमिदिए भूकम्पपछि तंग्रिरहेको नेपालको पर्यटन क्षेत्रमा थप सहयोग पुग्ने उनको आशा थियो । आरणले यही नोभेम्बर ८ (मंगलबार) सांझ दूतावासमा पर्यटन प्रवर्धन कार्यक्रम गर्न लागिएको समेत जानकारी दिए । वेष्ट भ्यालू डेस्टिनेसन नेपाल नाम दिइएको उक्त कार्यक्रममा विदेशी पर्यटक, लेखक, आरोही लगायतलाई निम्त्याइएको छ ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका बेलायत प्रतिनिधि पशुपति भण्डारीले पनि नेपाल एक पटक भ्रमण गर्नैपर्ने देश भएको बताए । उनले भूकम्पपछि पनि नेपाल घुम्न सुरक्षित रहेको उल्लेख गरे ।
ग्रुपका निर्देशक यादव भण्डारीले नेपालको पर्यटन प्रवर्धनसंगै नेपाली कुजिन, न्यानो आतिथ्य र संस्कृतिमार्फत बेलायतीलाई नेपालतर्फ आकर्षित गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रष्ट्याए । कार्यक्रममा आसफोर्ड केन्ट मेयर, गोर्खा मेजर बुद्धिबहादुर भण्डारी, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसी, नेपाल घुमेका पर्यटक, टाभल व्यवसायी लगायत सहभागी थिए ।
कार्यक्रममा नेपालको पर्यटन सम्वन्धि एउटा वृत्तचित्र समेत प्रदर्शन गरियो । उक्त अवसरमा एभरेष्ट इन ग्रुपले विदेशी पाहुनालाई टिका, खादाले सम्मान गर्दै दीपावलीको महत्व दर्शाएको थियो । कार्यक्रममा स्थानीय मोडल सुस्मिता थापाले तिहार गीतमा आकर्षण नृत्य गरिन् भने सहभागी विदेशी पाहुनाले समेत सुस्मितालाई नाचगानमा साथ दिएका थिए ।
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती