लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले भूपू गोर्खाहरुको माग सम्वोधन र समाधान ज्वलन्त मुद्दा रहेको उल्लेख गर्दै कुटनीतिक संवादद्वारा यसको सामाधान गर्न पहल गर्ने बताएका छन् । ‘यो राजनीतिक भन्दा कुटनीतिक रुपमा सम्वोधन गर्न जरुरी छ’, लन्डन मिसन सम्हालेको आठौं दिन शुक्रबार सांझ दूतावास भवनमा बेलायतस्थित नेपाली सञ्चारकर्मीहरुमाझ उनले भने, ‘यो दुई सरकारबीचको कुरा हो । युरोपेली अदालतले गोर्खाहरुको विपक्षमा फैसला गरिसकेको अवस्थामा यसको समाधान सहज र सजिलो भने छैन् ।’
उनले भूपू गोर्खाहरुलाई आफ्ना माग लिएर युरोपेली अदालत गइहाल्न नहुने पनि बताए । ‘यसले असहज र अप्ठ्यारो परिस्थिति निम्त्याएको छ तर सहमति, सम्झौता र सकारात्मक निचोडमा पुगिने मेरो विश्वास छ’, उनले भने ।
सुवेदीले भूपू गोर्खा प्रतिनिधिहरुसंग छिट्टै भेटघाट गर्ने कार्यक्रम छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश