लन्डन । यूकेबाट प्रसारण हुँदै आएको कम्युनिटी रेडियो बिजीडब्ल्युएस् अब एप्समा पनि सुन्न सकिने भएको छ ।
सो रेडियोको पाँचौँ वार्षिकोत्सवका अवरमा रसमुर बरो काउन्सिलका मेयर श्रीमती ज्याकी भोस्पेर र नेपाली दूतावासका तृतीय सचिव भूपेन्द्रप्रसाद घिमिरेले हिजो संयुक्त रुपमा सो एप्स् सार्वजनिक गरे ।
रेडियोको कार्यालय फार्नब्रोमा आयोजित कार्यक्रममा निर्देशक रिटायर्ड मेजर सोनाम छिरिङ शेर्पाले रेडियोको बारेमा जानकारी गराएका थिए ।
सो एप्स एन्ड्रोइड मोबाइलमा रेडियो बिजीडब्ल्युएस टाइप गरी डाउनलोड गर्न सकिने बताइएको छ । सो एप्स बनाउन स्थानीय ग्रेटर रसमुर नेपलिज कम्युनिटी (जीएनआरसी) ले सहयोग गरेको अध्यक्ष ओमप्रसाद थापाले जनाएका छन् । यस्तै कम्युनिटीले रेडियो सञ्चालनमा सघाउन संकलित १ हजार २५७ पाउण्ड रेडियोका निर्देशक शेर्पालाई हस्तान्तरण गरियो । त्यसैगरी रसमुर बरोका पूर्व मेयर मार्टिन टेनान्टले मेयर च्यारिटी गरी सो रेडियोका लागि उठेको ४ हजार ३०० पाउण्ड पनि शेर्पालाई हस्तान्तरण गरे ।सो रेडियो अनलाइनमा http://radiobgws.co.uk टाइप गरेर वेभसाइटमा पनि सुन्न सकिन्छ ।रसमुरमा बडादशैँ कार्यक्रम
त्यसैगरी सोही दिन नेपालीहरूको महान पर्व बिजया दशमीको उपलक्ष्यमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले रसमोर बरो काउन्सिलका विशिष्ट व्यक्तिहरुका साथै बेलायतका नेपाली संघसंस्थाका प्रमुखहरु र पत्रकारहरूलाई निमन्त्रणा गरी एक कार्यक्रम गरेको छ । रसमुर बरो काउन्सिलकी मेयर श्रीमती ज्याकी भोस्पेर र नेपाली दूतावास लन्डनका प्रतिनिधि थर्ड सेक्रेटरी भूपेन्द्र घिमिरे, रसमोर बरोका काउन्सिलका लिडर डेभिड आदि कार्यक्रममा उपस्थित थिए । दशैँ तिहारका अवसरमा जलपान र रात्रीभोजको साथ शुभकामना आदान प्रदान गरी सो कार्यक्रम गरिएको थियो ।कम्युनिटीका महासचिव रन्जिता मल्लले सञ्चालन गरेको सो कार्यक्रमको अध्यक्षता अध्यक्ष ओमप्रसाद थापाले गरेका थिए । कार्यक्रममा बोल्ने क्रममा काउन्सिलकी मेयर श्रीमती जास्क्वी भस्परले ग्रेटर रसमोर नेपाली कम्युनिटी र कम्युनिटी रेडियो बिजिडब्ल्युएसले गरेको कामको खुलेरै प्रशंसा गरिन् भने रसमोरवासी नेपाली समुदायलाई दशैँतिहारको मंगलमय शुभकामना प्रकट गरेकी थिइन् भने पूर्व मेयरले जस्तै यस कम्युनिटी रेडियोलाई मेयर च्यारिटीबाट सक्दो सहयोग पुराउने प्रतिवद्दता गरिन् ।नेपाली दूतावास लन्डनका प्रतिनिधि भूपेन्द्र घिमिरेले रेडियो एप्सबाट विश्वका नेपाली माझ बेलायतका गतिविधि सुनाउन सक्नु गौरवको विषय भएको र रेडियो स्थापना गर्ने संस्था बिजिडब्लुएसलाई धन्यवाद दिएका थिए । रेडियोलाई निरन्तरता दिन हाम्रो नेपाली दूतावास लन्डनले सक्दो सहयोग गर्ने बताए ।
अध्यक्ष थापाले सबैलाई धन्यवाद दिँदै आज एक ढुँगाले तीन चरा मार्ने भनेझैँ पहिलो कम्युनिटी र रेडियो बिजिडब्ल्युएसलाई एप्समा अन एयर गर्ने, बडादशैँ तिहारको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्ने र आउंदै गरेको रसमुर टेन केको तयारीबारे जानकारी दिने कार्यक्रम रहेको बताए ।रेडियोले स्थापना कालदेखि बिजिडब्ल्युएसबाट करिब ८५ हजार पाउण्डभन्दा बढि सहयोग पाएकोमा सो संस्थालाई धन्यवाद दिएका थिए । पाँच वर्षसम्म स्वयमसेवी रूपमा काम गरी रेडियो सञ्चालन गरेकोमा मेजर रिटायर्ड सोनाम शेर्पा, श्रीमती प्रमिला राई, श्रीमती गोमा राना, श्रीमती जमुना पुन, श्रीमती पुष्पा गुरुंग, श्रीमती सीता थापा, नयाँ युवाकी सुश्री सिला लिम्बुलगायतलाई धन्यवाद दिए ।
अन्तमा रेडियोका निर्देशक रिटायर मेजर सोनाम शेर्पाले सबैलाई धन्यवाद दिँदै विजिडब्ल्युएस् परिवार, जीएनआरसी परिवार, रसमोर वरो काउन्सिलका निवर्तमान मेयर मार्टिन टेनान्ट र जीएनआरसी अध्यक्ष ओम थापालाई आर्थिक अनुदानको निम्ति धन्यवाद दिँदै र अन्य संघसंस्थाहरूले पनि यस्तै सहयोग गरिदिए रेडियो सञ्चालनमा सहज हुने बताए ।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?