
राजदूत सुवेदीलाई एनआरएनसहितका संस्थाले स्वागत गर्ने
लन्डन । बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई गैर आवासीय नेपाली संघ बेलायतसहित विभिन्न संघसंस्थाले स्वागत गर्ने भएका छन् ।
गत साता लन्डन आइपुगेका राजदूत सुवेदीलाई आगामी १६ अक्टोबर, आइतबार अपरान्ह अल्डरसटस्थित एम्पायर ब्यांक्यूटिंग हलमा स्वागत गर्न लागिएको हो । एनआरएनए यूकेले कार्यक्रमबाट दूतावास र बेलायतस्थित नेपाली समुदायबीचको सम्वन्ध अरु बढ्ने अपेक्षा गरेको छ ।
यसैबीच, राजदूत सुवेदीले यही शुक्रबार सांझ बेलायतमा क्रियाशील नेपाली सञ्चारकर्मीहरुसंग परिचयात्मक कार्यक्रम राखेका छन् ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति
फेसबुक