
दुबई, १८ असोज । अन्तर्राष्ट्रिय मुदाकोषले मङ्गलबार एक प्रतिवेदन सार्वजनिक गर्दै मध्यपूर्व तथा उत्तरी अफ्रिकामा क्षेत्रीय तनाव र गृहयुद्धका कारण पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएपछि यस क्षेत्रको जनजीवन आगामी दिनमा आर्थिक रुपमा पनि सङ्कटपूर्ण रहने जनाएको छ ।
कोषले गरेको विश्वको आर्थिक सर्वेक्षण प्रतिवेदनमा भनेको छ, पेट्रोलियम पदार्थमा आएको सामान्य सुधारबाट मध्यपूर्वी तथा उत्तर अफ्रिकी मुलुकको आर्थिक वृद्धिमा खासै प्रभाव पार्न नसक्ने देखिएकोे छ ।
प्रतिवेदनमा दोस्रो विश्वयुद्धपछि पनि यी दुई क्षेत्रका मुलुकले अन्य राष्ट्रको तुलनामा द्वन्द्वका कारण सिरियालगायतका केही मध्यपूर्वी देशहरुमा ठूलो मात्रामा जनधनको क्षति परेको र यी देशहरुमा यसको असर लामो समय आर्थिक सङ्कट रहने मुद्राकोषको भनाई छ ।
मध्यपूर्वी क्षेत्रका सिरिया, इराकलगायतका केही देशमा आन्तरिक शरणार्थीको ठूलो बोझ रहेको छ भने यी देश छोडी छिमेकी मुलुक तथा युरोप र अमेरिका पुग्ने मानिसको भीड पनि सानो छैन ।
सिरिया तथा इराकको द्वन्द्वबाट उम्कन लेबनान तथा जोर्डन पुग्ने आप्रवासीका कारण लेबनानको जनसङ्ख्या एक चौथाईले वृद्धि भएको छ भने जोर्डनको जनसङ्ख्या पनि यसै अनुपातले बढेको छ जसका कारण यी गरिब मुलुकमा जनजीवन प्रभावित बनेको छ ।
सन् २०१६ को जनवरीमा पेट्रोलियम पदार्थमा आएको झन्डै ५० प्रतिशत गिरावट अर्थात् प्रति ब्यारल ४३–४५ अमेरिकी डलर पुगेपछि यसैलाई प्रमुख आम्दानीको स्रोत बनाएका राष्ट्रहरुमा आर्थिक अवस्था कमजोर बन्न पुगेको हो ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’