
दुबई, १८ असोज । अन्तर्राष्ट्रिय मुदाकोषले मङ्गलबार एक प्रतिवेदन सार्वजनिक गर्दै मध्यपूर्व तथा उत्तरी अफ्रिकामा क्षेत्रीय तनाव र गृहयुद्धका कारण पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएपछि यस क्षेत्रको जनजीवन आगामी दिनमा आर्थिक रुपमा पनि सङ्कटपूर्ण रहने जनाएको छ ।
कोषले गरेको विश्वको आर्थिक सर्वेक्षण प्रतिवेदनमा भनेको छ, पेट्रोलियम पदार्थमा आएको सामान्य सुधारबाट मध्यपूर्वी तथा उत्तर अफ्रिकी मुलुकको आर्थिक वृद्धिमा खासै प्रभाव पार्न नसक्ने देखिएकोे छ ।
प्रतिवेदनमा दोस्रो विश्वयुद्धपछि पनि यी दुई क्षेत्रका मुलुकले अन्य राष्ट्रको तुलनामा द्वन्द्वका कारण सिरियालगायतका केही मध्यपूर्वी देशहरुमा ठूलो मात्रामा जनधनको क्षति परेको र यी देशहरुमा यसको असर लामो समय आर्थिक सङ्कट रहने मुद्राकोषको भनाई छ ।
मध्यपूर्वी क्षेत्रका सिरिया, इराकलगायतका केही देशमा आन्तरिक शरणार्थीको ठूलो बोझ रहेको छ भने यी देश छोडी छिमेकी मुलुक तथा युरोप र अमेरिका पुग्ने मानिसको भीड पनि सानो छैन ।
सिरिया तथा इराकको द्वन्द्वबाट उम्कन लेबनान तथा जोर्डन पुग्ने आप्रवासीका कारण लेबनानको जनसङ्ख्या एक चौथाईले वृद्धि भएको छ भने जोर्डनको जनसङ्ख्या पनि यसै अनुपातले बढेको छ जसका कारण यी गरिब मुलुकमा जनजीवन प्रभावित बनेको छ ।
सन् २०१६ को जनवरीमा पेट्रोलियम पदार्थमा आएको झन्डै ५० प्रतिशत गिरावट अर्थात् प्रति ब्यारल ४३–४५ अमेरिकी डलर पुगेपछि यसैलाई प्रमुख आम्दानीको स्रोत बनाएका राष्ट्रहरुमा आर्थिक अवस्था कमजोर बन्न पुगेको हो ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त