लन्डन । गैर आवासीय नेपालीलाई नेपालमा कानुन व्यवसाय गर्न रोकिएपछि त्यसको विरोध भएको छ । नेपाल कानुन परिषदले गत ६ असोजमा कानुन व्यवसायी सुरेन्द्र श्रेष्ठको अधिवक्ताको प्रमाणपत्र नवीकरण हुन नसक्ने निर्णय गरेपछि प्रगतिशील नेपाली समाज बेलायतले ध्याकर्षण भएको जनाउंदै गैर आवासीय नेपालीमाथि अन्याय गरिएको ठहर गरेको छ ।
समाजको महाधिवेशन आयोजक समिति संयोजक सुरेश गौतमले एक विज्ञप्ति जारी गरि नेपालको संविधानले गैर आवासीय नेपालीलाई नेपालमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रदान गरेको अवस्थामा श्रेष्ठको अधिवक्ताको प्रमाणपत्र नवीकरण नहुनु दुःखद भएको जनाउंदै नेपालमा व्यवसाय गर्न चाहने गैर आवासीय नेपालीलाई व्यवधान गर्ने कानुनी प्रवाधानहरु अविलम्ब हटाउन माग गरेका छन् ।
विज्ञप्तिमा गैर आवासीय नेपालीलाई नेपालमा ब्यापार, ब्यवसाय, उद्योग तथा लगानी गर्ने कानुन अविलम्ब बनाएर संविधानको धारा १४ को प्रावधानलाई अविलम्ब कृयाशिल बनाउन नेपाल सरकार तथा ब्यवस्थापिकासंग जोडदार माग गरिएको छ ।
देशभित्र पर्याप्त रोजगारीका अवसर सिर्जना नभएका लगायत विविध कारणले विदेश जानु परेका नेपालीहरुले सिकेको ज्ञान, सिप, अनुभव तथा दक्षतालाई नेपालको हितमा प्रयोग हुने गरी नेपालमा गैर आवासीय नेपालीलाई व्यापार, व्यवसाय, उद्योग तथा लगानी गरी बसोबास गर्न नेपाल सरकारले अविलम्ब व्यवस्था मिलाओस् भन्ने अपिल समेत समाजले गरेको छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश