लन्डन । नेपाली दूतावास, लन्डनका उपनियोग प्रमुख तथा काउन्सेलर शरदराज आरण दूतावासको प्रवक्ता र सूचना अधिकारी तोकिएका छन् ।
असोज १७, २०७३ को दूतावास निर्णयानुसार असोज १८, २०७३ देखि लागू हुने गरी आरणलाई दूतावासको प्रवक्ता र सूचना अधिकारी तोकिएको दूतावासले जनाएको छ ।
आरणलाई ०२०७२४३८७५१ र इमेल [email protected] मा सम्पर्क गर्न समेत सकिने दूतावासले जनाएको छ ।
करिब तीन महिनाअघि लन्डन आएका आरणको सहयोगी भावना, छिट्टै घुलमिल हुन सक्ने गुण र नेपाली समुदायसंग परिचित भइसकेकाले पनि उक्त जिम्मेवारी दिइएको हुन सक्ने केहीको आंकलन छ ।
गत सातामात्र डा. दुर्गाबहादुर सुवेदी राजदूत भएर लन्डन आएका छन् ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]