
गोर्खा लाहुरे दम्पत्ति ड्यूटी भन्दै रोमान्समा
लन्डन । बेलायतस्थित दोश्रो गोर्खा रेजिमेन्टमा कार्यरत सैनिक सन्जिव राई (पारदर्शी) र गीतकार सुष्मा रुपाबुङ राईले रचेको मायाप्रेममा आधारित ‘ड्यूटी भन्दै डेटिङतिर’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । युटयूब मार्फत भिडियो सार्वजनिक गरिएको हो ।
उक्त गीतमा प्रख्यात गायक राजेश पायल राई र गायिका मिलन अमात्यले स्वर दिएका छन् । संगीतकार वसन्त सापकोटाको संगीत छ ।
सन्जिव र सुष्मा दम्पत्ति हुन् । यो जोडीले नै भिडियोमा अभिनय गरेको छ ।
गीतमार्फत विदेशको व्यस्ततामा आफनो प्रियतमलाई समय दिन नसक्दाको तिक्तता, माया प्रेमको सम्झना, सद्भाव आदि दर्शाउन खोजिएको गीतकार सन्जिवले बताए । भिडियोलाई चर्चित कोरियोग्राफर रेनेशा बान्तवा राईले निर्देशन गरेकी छिन् ।
सन्जिवले यस अघि डाइमन्ड लाहुरे एल्बमबाट चर्चा बटुलिसकेका थिए । खोटाङ, नुनथलामा जन्मिएका सन्जिव बाल्यकालबाटै गीत संगीतप्रति हुरुक्कै हुने भए पनि स्नातकको अध्ययन पछि वि.स.२०६५ सालमा बेलायती गोर्खा सैनिकमा भर्ती भए । त्यस्तै सुष्मा रुपाबुङ इलाम बजारमा जन्मिएर नेपाली साहित्यमा कलम चलाउंदै हाल नेपालमै प्राध्यापन पेशामा आवद्ध छिन् ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति