लन्डन । बेलायतस्थित दोश्रो गोर्खा रेजिमेन्टमा कार्यरत सैनिक सन्जिव राई (पारदर्शी) र गीतकार सुष्मा रुपाबुङ राईले रचेको मायाप्रेममा आधारित ‘ड्यूटी भन्दै डेटिङतिर’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । युटयूब मार्फत भिडियो सार्वजनिक गरिएको हो ।
उक्त गीतमा प्रख्यात गायक राजेश पायल राई र गायिका मिलन अमात्यले स्वर दिएका छन् । संगीतकार वसन्त सापकोटाको संगीत छ ।
सन्जिव र सुष्मा दम्पत्ति हुन् । यो जोडीले नै भिडियोमा अभिनय गरेको छ ।
गीतमार्फत विदेशको व्यस्ततामा आफनो प्रियतमलाई समय दिन नसक्दाको तिक्तता, माया प्रेमको सम्झना, सद्भाव आदि दर्शाउन खोजिएको गीतकार सन्जिवले बताए । भिडियोलाई चर्चित कोरियोग्राफर रेनेशा बान्तवा राईले निर्देशन गरेकी छिन् ।
सन्जिवले यस अघि डाइमन्ड लाहुरे एल्बमबाट चर्चा बटुलिसकेका थिए । खोटाङ, नुनथलामा जन्मिएका सन्जिव बाल्यकालबाटै गीत संगीतप्रति हुरुक्कै हुने भए पनि स्नातकको अध्ययन पछि वि.स.२०६५ सालमा बेलायती गोर्खा सैनिकमा भर्ती भए । त्यस्तै सुष्मा रुपाबुङ इलाम बजारमा जन्मिएर नेपाली साहित्यमा कलम चलाउंदै हाल नेपालमै प्राध्यापन पेशामा आवद्ध छिन् ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]