लामा गुरुको सम्मान तथा विदाई

14445104_10202105462755428_2549640523372809609_o

लन्डन । नेपालबाट बेलायत भ्रमणमा आएका साँग्दो पालहारी वौद्ध विद्यालय पोखरा गुम्बाका प्रमुख लामा एवं नेपाल तामाङ लामा घेदुङ संघका अध्यक्ष लामा गुरु पाल्देन योन्जन तामाङको सम्मान तथा विदाइ गरिएको छ ।

देवाचन वुद्धिष्ट सेन्टर यूकेले गत २४ सेप्टेम्बर २०१६ शनिवार एक कार्यक्रम गरि सम्मान तथा विदाई गरेको हो । उक्त कार्यक्रममा देवाचन वुद्धिष्ट सेन्टर यूकेका अध्यक्ष मेजर रि. उदय बहादुर गुरुङले लामा गुरु पाल्देन योन्जन तामाङलाई खादा, कदर र प्रशंसा पत्र प्रदान गरेर सम्मान तथा विदाई गरे ।

उक्त कार्यक्रममा देवाचन वुद्धिष्ट सेन्टर यूकेका संरक्षक तथा प्रमुख लामा रिन्छेन दोर्जे (धरम गुरुङ) लगायत विभिन्न पदाधिकारी र सदस्यहरु, देवाचन वुद्धिष्ट सेन्टर आमा समूहका आमाहरु, हन्स्लो फ्रेण्ड्स अफ फेथका अध्यक्ष चरनजित अजित सिंह र पदाधिकारीहरुको विशेष उपस्थिति थियो । यस अलवा लन्डन बरो अफ हाउन्सलोका नगर प्रमुख अजमेर ग्रेवाल, बेलायती संसदका सदस्य सिमा मल्होत्रा र रथ क्याडबरीका विशेष प्रतिनिधि लगायत हाउन्स्लोका पूर्व उपमेयर तथा काउन्सिलर विष्णुबहादुर गुरुङ, तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र निवर्तमान अध्यक्ष शिवशरण गुरुङ पनि उपस्थित थिए ।

उप सचिव सुश्री ध्रुव गरुङ र ढोल्मा चिजा गुरुङले संयोजन गरेको उक्त कार्यक्रम सञ्चालन सचिव लक्ष्मी गुरुङले गरेकी हुन् । कार्यक्रममा लामा गुरु पाल्देन योन्जन तामाङलाई बुद्धिष्ट सेन्टर यूके आमा समूहकी अध्यक्षले समूहको तर्फबाट मायाको चिनो स्वरुप सुनको औंठी, फूलको गुच्छा र खादा प्रदान गरि सम्मान तथा विदाई गरिन् । उपस्थित अन्य आमाहरुले पनि लामा गुरुलाई खादा प्रदान गरि सम्मान तथा विदाई गरेका थिए ।

त्यसैगरि लामा गुरुले बेलायत भ्रमणको समयमा विभिन्न कार्यक्रममा सरिक भई बुद्ध दर्शन, शिक्षा, बौद्धमार्गीहरुका संस्कारगत कार्य, विश्व शान्ति तथा मानव कल्याण सम्बन्धि थुप्रै प्रवचन र पूजा पाठहरु गरि बिभिन्न समुदायमा ठूलो योगदान गरेकाले उक्त कार्यको उच्च मुल्यांकन र कदर गर्दै बेलायती संसद सदस्य सिमा मल्होत्रा एमपी र रथ क्याडबरी एमपीका विशेष प्रतिनिधि, लन्डन बरो अफ हाउन्सलोका नगर प्रमुख अजमेर ग्रेवाल र हाउन्स्लो फ्रेण्ड्स अफ फेथका अध्यक्ष चरनजित अजित सिंहले पनि कदर तथा प्रशंसा पत्र प्रदान गरेका थिए ।

14500486_10202105448875081_713604873428593321_o

मन्तव्यका क्रममा सेन्टरका संस्थापक अध्यक्ष मेजर रि. उदय बहादुर गुरुङले उपस्थित सबैलाई धन्यवाद दिदै संस्थाको परिचय र लामा गुरुको जिवनीबारे संक्षिप्त जानकारी दिए । उनले लामा गुरुले बेलायत भ्रमणमा रहंदा देवाचन वुद्धिष्ट सेन्टर तथा विभिन्न समुदायको कार्यक्रममा गरेको वुद्ध शिक्षाको प्रवचन, पूजा पाठ र योगदानबारे प्रकाश पारे । अन्य वक्ताहरुले पनि लामा गुरुले वुद्ध दर्शन, शिक्षा र ज्ञानको प्रचार प्रसार र विश्व शान्तिका निम्ति पुरयाएको योगदानको प्रशंसा गर्दै उनको भावी योजना सफलहोस् भनि शुभकामना दिएका थिए ।

लामा गुरु पाल्देन योन्जन तामाङले आफ्नो सम्मान तथा विदाइ गरेकामा देवाचन वुद्धिष्ट सेन्टर र अन्य सबैप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री