लन्डन । नेपाली साहित्य विकास परिषद यूकेका संस्थापक तथा अध्यक्ष साहित्यकार सुरेशजंग शाह सत्यमोहन जोशी शताव्दी पदक २०७३ बाट सम्मानित हुने भएका छन् । परिषद यूकेले शाहसहित नेपाली साहित्य विकास परिषद नेपाल च्याप्टरका अध्यक्ष वरिष्ठ साहित्यकार इल्या भट्टराई, संयोजक सल्लाहकार वरिष्ठ साहित्यकार कवि गोपाल पराजुली लगायत पुरस्कृत हुने १६६ व्यक्तित्वलाई वधाई दिएको छ ।
अग्रणी साहित्यिक संस्था त्रिमूर्ति निकेतनले शताब्दी पुरूष डा. सत्यमोहन जोशीको शताब्दी महोत्सवका अवसरमा महोत्सवको गरिमामय उचाइ अभिवृद्धिका लागि समर्पित देशदेशान्तरका १६६ जनालाई उक्त पदक प्रदान गर्ने निर्णय गरेको हो ।
त्रिमूर्ति दिवसका अवसरमा आगामी मंसीर १ गते काठमाडौंमा पदक प्रदान गरिनेछ ।
नेपाली साहित्य विकास परिषद यूकेका कार्यवहाक अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लले एक विज्ञप्ति जारी गर्दै त्रिमुर्ति निकेतनप्रति हार्दिक आभार र पुरस्कृत श्रष्टालाई वधाइ दिएका छन् ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश