
लन्डन । क्लव फिप्टी यूकेले दशैंका अवसरमा शनिबार सांझ एक शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । लन्डन अल्पर्टनस्थित सन लाउन्जमा घटस्थापनाकै दिन कार्यक्रम भएको हो ।
संस्थाका अध्यक्ष उत्तम खड्काको सभापतित्वमा भएको कार्यक्रममा शुभकामना आदानप्रदान, विभिन्न व्यक्तित्वलाई सम्मान र डिजे गीत संगीत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष खड्काले शुभकामना मन्तव्य दिंदै संस्थाले गरेका सामाजिक तथा कल्याणकारी गतिविधिबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा समाजसेवी एवं संस्थाका सल्लाहकारहरु ध्रुव केसी, हरि केसी र हरिसिंह थापालाई सम्मान गरिएको थियो । कार्यक्रममा कलाकारहरु रमेश लामा र बीरु लामाले जोडदार गीत प्रस्तुत गरे । आयोजकले उनीहरुलाई पनि खादा लगाएर सम्मान गरेका थिए ।
कार्यक्रममा एनआरएनए यूकेका पूर्व महासचिव रामशरण सिम्खडा, साहित्यकार विकलचन्द्र आचार्य, लन्डन नेपाल न्यूज डट कमका प्रबन्ध निर्देशक राजकुमार त्रिपाठी, प्रधान सम्पादक शिव भण्डारी, व्यवसायी कमल पौडेल, बुद्धिजिवी डा. पुरुषोत्तम पौडेल, फोटो पत्रकार एभरेस्ट गौतम, समाजसेवी धनबहादुर तामाङ, डा. राजु श्रेष्ठ, बुद्धि तामाङ, तारा पौडेल, देउराली ट्राभल्स् निर्देशक आशिष पन्त, राज विष्ट, बल रायमाझीलगायतको उपस्थिति थियो ।
उक्त कार्यक्रम संस्थाका महासचिव भरत रोकाले सञ्चालन गरेका थिए ।
तस्विरः एभरेष्ट गौतम
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण