लन्डन । लोकप्रिय गायिका शर्मिला बर्देवाले एउटा डान्सिङ नम्बरको गीतको म्यूजिक भिडियो लन्डनबाट सार्वजनिक गरेकी छन् । आइतबार लन्डनमा आयोजित एक समारोहबीच नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष एवं कान्तिपुरका बेलायत संवाददाता नवीन पोखरेल, महासंघ बेलायतका पूर्व अध्यक्ष पत्रकार चिरन शर्मा र बर्देवाकी सुपुत्री अंशिका परियारले मेरो ठुम्कामा मर्छन् हजार…बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।
पत्रकार एवं गीतकार नृपेश उप्रेतीको शब्द रहेको मेरो ठुम्कामा… गीतमा अहिलेका चर्चित एवं सफल संगीतकार बसन्त सापकोटाको संगीत छ । भिडियो लन्डनका विभिन्न ठाउंमा छायांकन गरिएको छ जसलाई विजय घिमिरेले निर्देशन गरेका छन् । भिडियोमा निर्देशक घिमिरे र मोडल सारालाई निक्कै ग्ल्यामर रुपमा प्रस्तुत गरिएको छ ।
कार्यक्रममा गायिका बर्देवाले विदेशमा रहेर क्रियसन गर्न गार्हो भएपनि वर्षको एउटा म्यूजिक भिडियो दर्शकमाझ ल्याउने अठोट गरिन् ।
करिब डेढ दशकयता बेलायत बस्दै आएकी शर्मिलाका फूलको जवाफ, मेरो हजुरलाई, आंखैमा झल्झली, मेरो आंखाको तारा तिमी, म संग, तस्विरमै यस्तो, हिंउचुलीमा हिउं जस्ता कयौं गीत हिट छन् ।
गीतकार नृपेश उप्रेतीले दुई वर्ष अघि आफ्नो शब्दमा बर्देवाले स्वर भर्ने योजनासहित गत वर्ष रेकर्डिङ गरिएको बताए । उनले बर्देवाको नयां गीतमा दर्शक श्रोताले फरक स्वाद पाउने पनि बताए ।
उक्त गीतको म्यूजिक भिडियोको बजार व्यवस्थापन पत्रकार दिनेश परियारले गर्नेछन् ।
हेर्नुस् नयां भिडियो
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]