लन्डन । लोकप्रिय गायिका शर्मिला बर्देवाले एउटा डान्सिङ नम्बरको गीतको म्यूजिक भिडियो लन्डनबाट सार्वजनिक गरेकी छन् । आइतबार लन्डनमा आयोजित एक समारोहबीच नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष एवं कान्तिपुरका बेलायत संवाददाता नवीन पोखरेल, महासंघ बेलायतका पूर्व अध्यक्ष पत्रकार चिरन शर्मा र बर्देवाकी सुपुत्री अंशिका परियारले मेरो ठुम्कामा मर्छन् हजार…बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।
पत्रकार एवं गीतकार नृपेश उप्रेतीको शब्द रहेको मेरो ठुम्कामा… गीतमा अहिलेका चर्चित एवं सफल संगीतकार बसन्त सापकोटाको संगीत छ । भिडियो लन्डनका विभिन्न ठाउंमा छायांकन गरिएको छ जसलाई विजय घिमिरेले निर्देशन गरेका छन् । भिडियोमा निर्देशक घिमिरे र मोडल सारालाई निक्कै ग्ल्यामर रुपमा प्रस्तुत गरिएको छ ।
कार्यक्रममा गायिका बर्देवाले विदेशमा रहेर क्रियसन गर्न गार्हो भएपनि वर्षको एउटा म्यूजिक भिडियो दर्शकमाझ ल्याउने अठोट गरिन् ।
करिब डेढ दशकयता बेलायत बस्दै आएकी शर्मिलाका फूलको जवाफ, मेरो हजुरलाई, आंखैमा झल्झली, मेरो आंखाको तारा तिमी, म संग, तस्विरमै यस्तो, हिंउचुलीमा हिउं जस्ता कयौं गीत हिट छन् ।
गीतकार नृपेश उप्रेतीले दुई वर्ष अघि आफ्नो शब्दमा बर्देवाले स्वर भर्ने योजनासहित गत वर्ष रेकर्डिङ गरिएको बताए । उनले बर्देवाको नयां गीतमा दर्शक श्रोताले फरक स्वाद पाउने पनि बताए ।
उक्त गीतको म्यूजिक भिडियोको बजार व्यवस्थापन पत्रकार दिनेश परियारले गर्नेछन् ।
हेर्नुस् नयां भिडियो
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?