
लन्डन । ग्रयाण्ड मास्टर डा. एनजे गुरुङले मोस्ट नकल पुस अप वान मिनेट गिनिज वर्ल्ड रेकर्डका लागि २ अक्टोबर, ०१६ आइतबार विश्वलाई चुनौती दिएका छन् ।
नर्थहोल्ट पार्क सोसियल क्लव, लन्डनमा उनले एक मिनेटमा ९४ पटक पुस अप गरेर हाल कायम रहेको विश्व रेकर्ड तोड्न चुनौती दिएका हुन् ।
हालसम्म क्यानेडियन नागरिकले एक मिनेटमा ८४ पटक पुस अप गरेका छन् । तेक्वान्दोका आठौं डान गुरुङले बेलायती क्वालिफाइड अफिसियल, निर्णायक, नेपाली संघसंस्थाका प्रतिनिधि, विभिन्न व्यवसायिक व्यक्तित्व र पत्रकारहरुको माझमा नयां कीर्तिमानको दावेदारी प्रस्तुत गरे ।
करिब १० देखि १२ हप्ताभित्र गिनिज वर्ल्ड रेकर्डले आफूलाई विश्वकै पहिलो रेकर्ड होल्डरका रुपमा नाम घोषणा गर्न सक्ने गुरुङले बताए ।
एनआरएनए आइसीसी युरोप स्पोर्टस टाक्स फोर्सका संयोजक गुरुङ एनजे तेक्वान्दो एकेडेमी यूकेका संस्थापक समेत हुन् । उनी नोआ आर्क स्पोर्ट साइन्स युनिभर्सिटी बिल्डिङ द गडस किङगडम मिसन नामक च्यारिटी संस्था दर्ता गरेर खेलकुद विकासमा खटिएका छन् । भविष्यमा तेक्वान्दोबाट नेपाललाई ओलम्पिकमा सहभागिता गराउने उनको अठोट छ । एन्टा यूके अध्यक्ष समेत रहेका गुरुङले सन् २०१२ र २०१६ को ओलम्पिकका लागि संस्थामार्फत आर्थिक सहयोग गरेका थिए ।
तस्विरः ओमकार गुरुङ
भिडियो हेर्नुहोस्
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह