
लन्डन । ग्रयाण्ड मास्टर डा. एनजे गुरुङले मोस्ट नकल पुस अप वान मिनेट गिनिज वर्ल्ड रेकर्डका लागि २ अक्टोबर, ०१६ आइतबार विश्वलाई चुनौती दिएका छन् ।
नर्थहोल्ट पार्क सोसियल क्लव, लन्डनमा उनले एक मिनेटमा ९४ पटक पुस अप गरेर हाल कायम रहेको विश्व रेकर्ड तोड्न चुनौती दिएका हुन् ।
हालसम्म क्यानेडियन नागरिकले एक मिनेटमा ८४ पटक पुस अप गरेका छन् । तेक्वान्दोका आठौं डान गुरुङले बेलायती क्वालिफाइड अफिसियल, निर्णायक, नेपाली संघसंस्थाका प्रतिनिधि, विभिन्न व्यवसायिक व्यक्तित्व र पत्रकारहरुको माझमा नयां कीर्तिमानको दावेदारी प्रस्तुत गरे ।
करिब १० देखि १२ हप्ताभित्र गिनिज वर्ल्ड रेकर्डले आफूलाई विश्वकै पहिलो रेकर्ड होल्डरका रुपमा नाम घोषणा गर्न सक्ने गुरुङले बताए ।
एनआरएनए आइसीसी युरोप स्पोर्टस टाक्स फोर्सका संयोजक गुरुङ एनजे तेक्वान्दो एकेडेमी यूकेका संस्थापक समेत हुन् । उनी नोआ आर्क स्पोर्ट साइन्स युनिभर्सिटी बिल्डिङ द गडस किङगडम मिसन नामक च्यारिटी संस्था दर्ता गरेर खेलकुद विकासमा खटिएका छन् । भविष्यमा तेक्वान्दोबाट नेपाललाई ओलम्पिकमा सहभागिता गराउने उनको अठोट छ । एन्टा यूके अध्यक्ष समेत रहेका गुरुङले सन् २०१२ र २०१६ को ओलम्पिकका लागि संस्थामार्फत आर्थिक सहयोग गरेका थिए ।
तस्विरः ओमकार गुरुङ
भिडियो हेर्नुहोस्
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा