
लन्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेले बेलायत युरोपियन युनियन (ईयू) बाट बहिर्गमनको औपचारिक प्रक्रिया अर्को बर्षको अप्रिलपछि मात्र सुरु हुने बताउनु भएको छ ।
बेलायतती महारानीले गर्नु हुने आगामी सम्बोधनको बेलामा बेलायत युरोपियन युनियनभित्र रहेको कानुनलाई उल्टाइने नयाँ विधयेक ल्याइने मेले बताउनुभएको छ ।
कन्जरभेटिभ पार्टीको वार्षिक सम्मेलनको क्रममा आइतबार मेले सो कुरा प्रष्ट पार्नु भएको हो ।
बेलायत युरोपियन युनियनमा बसिरहने कि बाहिरिने भन्ने विषयमा गत जुन २३ मा जनमत संग्रह भएको थियो । सो जनमत संग्रहले युरोपेली सङ्घछोड्ने जनादेश दियो र औपचारिक रुपमा बेलायतले बाहिरिने घोषणा पनि गरयो । तर यसको औपचारिक प्रक्रिया भने सुरु भएको थिएन ।
यो जनमतसँगै तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनले आफ्नो रायको विपक्षमा भएको मतदानको कारण आफनो पदबाट राजीनामा दिने घोषणा गर्नु भएको थियो ।
उहाँल आफ्नो पदबाट तीन महिनाभित्र राजीनामा दिने घोषणा गरेको भए पनि महिनादिन मात्र पनि पदमा बस्न सहज ठान्नुभएन र निस्किनु भएको थियो ।
यसपछि कन्जरभेटिभ पार्टीका नेत्री टेरेसा मेले बेलायतमा दोस्रो महिला प्रधानमन्त्री कार्यभार सम्हाल्नुभएको थियो र उहाँको कार्यारम्भ चुनौतीबाट सुरु भएको थियो ।
बेलायतका ५२ प्रतिशत नागरिकले बेलायतलाई युरोपियन युनियनबाट निस्किने जनमत दिएपछि ४८ प्रतिशतले युरोपियन युनियनमा बसिरहने निर्णय गरेका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा