लन्डन । पूर्व मिस नेपाल श्रृष्टि श्रेष्ठ अभिनित पहिलो फिल्म गाजलु सिनेवर्ल्डका ९ वटा सिनेमा हलमा फेरि प्रदर्शन हुने भएको छ । उक्त फिल्म अल्डरसटको सिनेवर्ल्डमा आज शुक्रबार बेलुका ८ बजे, फेल्थाममा शनिबार बेलुका ८.४० बजे, वेम्लीमा शनिबार दिउसो १.३० बजे, नटिंगहाममा आइतबार ४.४५ बजे, आसफोर्डमा शनिबार ७.३० बजे, ओटु नर्थ ग्रीनवीचमा आज शुक्रबार बेलुका ८.३० बजे, स्वीन्डन स रिजमा शनिबार ४.३० बजे, म्यानचेष्टर डिड्सबरीमा आइतबार २.२० बजे र स्कटल्याण्डको एडिनबरामा आइतबार दिउसो ३.१० बजे प्रदर्शन गर्न लागिएको आयोजक इन्फा यूकेका प्रशान्त थापाले जनाए ।
यसअघि अल्डरसटमा विशेष प्रिमियरपछि गाजलु सिनेवर्ल्डका यूकेभर दशवटा हलमा सफलतापूर्वक प्रदर्शन भइसकेका थिए ।
बेलायतमा नेपाली चलचित्र प्रवर्धन गर्ने आफ्नो मुख्य उद्देश्य रहेको प्रशान्तले बताए । इन्फा यूकेले उत्कृष्ट नेपाली फिल्म बेलायतको नामी सिनेमा हलमा नियमित रुपमा प्रदर्शन गर्ने योजना बनाएको छ । हेमराज बिसी निर्देशित उक्त चलचित्र रोहित अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा श्रृष्टि, अनमोल केसी लगायतको अभिनय छ र यसले पूर्व कुमारीहरुको वास्तविक यथार्थ समेटेको छ ।
फिल्मले यूके र नेपालमा आशातित सफलता पाएपछि नायिका श्रृष्टि दंग छन् । श्रृष्टि बेलायतकै स्थायी बासिन्दा भएकाले पनि बेलायतवासी नेपालीले उनी अभिनित गाजलु मन पराएका छन् ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई