शुक्रबार, कार्तिक ७ २०७७ | Fri, October 23, 2020
नेपालको समय: ०५:२४ | UK Time: 00:39

राजदूत सुवेदीद्वारा पदभार ग्रहण, पहिलो दिनमै यस्तो निर्णय

वीनेपाली
२०७३ असोज १३ गते १९:३५

new-ambassador-subedi

लन्डन । संयुक्त अधिराज्यका लागि नवनियुक्त नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले २९ सेप्टेम्बरबाट नेपाली दूतावास लन्डनमा आफ्नो पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण लगत्तै राजदूत सुवेदीले सेवा जनमैत्री र अझ प्रभावकारी बनाउन समय समेत हेरफेर गर्ने निर्णय गरेका छन् ।

दूतावासले प्रदान गर्ने भिसा, राहदानी लगायत कन्सुलर सेवा सहज बनाइ शीघ्र तवरले जनमैत्री सेवा प्रदान गर्न आगामी ३ अक्टोबर, ०१६ देखि लागू हुने गरि भिसा सेवा बिहान ९.१५ देखि अपरान्ह ३.१५ बजेसम्म र राहदानी तथा अन्य कन्सुलर सेवा बिहान ९.१५ देखि अपरान्ह ५ बजेसम्म 
गर्ने निर्णय सुवेदीले गरेको दूतावासले जनाएको छ ।

यसअघि मध्यान्ह १२ बजेसम्ममात्र सेवा प्रदान गरिन्थ्यो । समय थपपछि नेपाल भ्रमण गर्ने पर्यटकहरु र समस्त नेपाली लाभान्वित हुने विश्वास छ ।

पदबहाली गर्दै राजदूत सुवेदीले नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्वन्ध थप प्रगाढ बनाइ नेपाल र नेपालीको आर्थिक, सामाजिक विकासका लागि दूतावास सधैं प्रयत्नशील रहने अठोट व्यक्त गरेका छन् । तस्विरहरुः नेपाली दूतावास

dsc_0034

dsc_0037

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक