पूर्वको सुन्दर नगरी इलाम जति सुन्दर छ त्यति नै सुन्दर र मीठो स्वरका धनी थोमस थुलुङ राई नेपाली गीत–सङ्गीतका क्षेत्रमा चिरपरिचित नाम हो । सानैदेखि नै एउटा राम्रो गायक भन्ने उद्देश्यले यो क्षेत्रमा आएका थोमसको पछिल्लो परिचय भनेको गायकसँगै प्राविधिक पनि हो ।
म्युजिक ऐरेन्जरको काम गर्ने उनले ३५ सय जति गीतमा स्वर दिएका छन् । २०६७ सालमा रेडियो नेपालबाट आधुनिक गीत गायनमा स्वर परीक्षा उतीर्ण गरेका उनले ०६१ सालमा पहिलो एल्बम माधवप्रसाद घिमिरेको हातबाट विमोचन गरेका थिए । उक्त क्षणलाई आफ्नो जीवनको सबैभन्दा अविष्मणीय क्षण भएको बताउँछन् उनी ।
थोमसले ‘सहयात्रा’, ‘संयोग’, ‘संयोग’ भाग–२, ‘अभ्यास’, ‘माई फिलङ्स’ जस्ता एक दर्जनभन्दा बढी एल्बम स्रोता दर्शकमाझ ल्याएका छन् । एक दशकदेखि नेपाली गीत–सङ्गीतमा निरन्तर लागिपरेका थोमसले २५ सयभन्दा बढी गीत रेकर्डस् गराएका छन् । ललितकलाका अब्बल विद्यार्थी उनले साउण्ड इन्जिनियर र गायनलाई सँगसँगै अघि बढाएका छन् ।
उनी चाँडै नयाँ एल्बम स्रोता दर्शकमाझ ल्याउन लागेको बताउँछन् ।
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय