लन्डन । बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदी आज बुधबार लन्डन उत्रंदैछन् । उनी मध्यरात १२ बजे टर्मिनल फोरमा उत्रने तालिका छ ।
राजदूत सुवेदीले भोलिदेखि कार्यभार सम्हाल्ने कार्यवहाक राजदूत शरदराज आरनले जनाए ।
बेलायती विदेश मन्त्रालय (एफसीओ) मा क्रेडेन्सियल बुझाएपछि औपचारिक रुपमा उनले मिसन सम्हाल्नेछन् । महारानीलाई ओहोदा बुझाउने कार्यक्रम भने एफसीओले नै पछि तय गर्नेछ ।
झन्डै अढाइ वर्षपछि लन्डन दूतावासले राजदूत पाएको हो । वि.सं. २०४४ सालमा अधिकृतका रुपमा परराष्ट्र सेवा थालेका सुवेदीले झण्डै तीन दशक अवधिमा परराष्ट्रका विभिन्न निकाय र मिसनमा रहेर काम गरिसकेका छन् ।
यसअघि उनी नेपाली राजदूतावास बर्मामा द्वितीय सचिव, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा प्रथम सचिव तथा नेपाली राजदूतावास जापानमा डेपुटी चिफ अफ मिसन र मिनिष्टर काउन्सिलरका रुपमा कार्यरत थिए । उनले बहराइनमा कार्यवहाक राजदूतको भूमिका निभाइसकेका छन् ।
बेलायतस्थित लिड्स युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्धमा एमए र त्रिभुवन विश्वविद्यालयबाट नेपालको परराष्ट्र र कुटनीति सम्वन्धमा विद्यावारिधी गरेका उनी साहित्यमा दुबसुका नामले चिनिन्छन् । उनका ‘अश्वमेध यज्ञका घोडाहरु’ कविता संग्रह र ‘कोलाज मन’ गजल संग्रह प्रकाशित छन् । उनले ‘तिमीले छोडेका यादहरु’, ‘मुटु चोर्ने आंखाहरु’, ‘चुपचाप चुपचाप’ गीति संग्रह लेखेका छन् । सुवेदीका गीत, कविता र गजल गरी झण्डै एक दर्जन बढि साहित्यिक रचना प्रकाशित छन् ।
यसबाहेक सुवेदीले ‘समसामयिक नेपाली गजल’, ‘समकालीन नेपाली कविता’, ‘प्रतिनिधि नेपाली गजल’, ‘समकालीन नेपाली कविताको रुपयात्रा’, ‘म्यान्माली नेपाली कविता’ र ‘मानवअधिकारका लागि नेपाली कविता’ लगायत एक दर्जन बढि साहित्य ग्रन्थको सम्पादन पनि गरेका छन् ।
तीन महिनाअघि लन्डन मिसनमा आइपुगेका कार्यवहाक राजदूत शरदराज आरनले यस अवधिमा बेलायतको नेपाली समुदायलाई नजिकबाट नियाल्ने अवसर पाएको उल्लेख गरे । ‘नेपाली समुदायका धेरै गतिविधिमा प्रत्यक्ष संलग्न हुन पाएं’, उनले भने, ‘नेपाली मेला, लन्डन मेला, आयरल्याण्ड डे लगायत प्रमुख गतिविधिका कारण धेरैलाई चिन्न र बुझ्न पाएं ।’
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी