लन्डन । बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदी आज बुधबार लन्डन उत्रंदैछन् । उनी मध्यरात १२ बजे टर्मिनल फोरमा उत्रने तालिका छ ।
राजदूत सुवेदीले भोलिदेखि कार्यभार सम्हाल्ने कार्यवहाक राजदूत शरदराज आरनले जनाए ।
बेलायती विदेश मन्त्रालय (एफसीओ) मा क्रेडेन्सियल बुझाएपछि औपचारिक रुपमा उनले मिसन सम्हाल्नेछन् । महारानीलाई ओहोदा बुझाउने कार्यक्रम भने एफसीओले नै पछि तय गर्नेछ ।
झन्डै अढाइ वर्षपछि लन्डन दूतावासले राजदूत पाएको हो । वि.सं. २०४४ सालमा अधिकृतका रुपमा परराष्ट्र सेवा थालेका सुवेदीले झण्डै तीन दशक अवधिमा परराष्ट्रका विभिन्न निकाय र मिसनमा रहेर काम गरिसकेका छन् ।
यसअघि उनी नेपाली राजदूतावास बर्मामा द्वितीय सचिव, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा प्रथम सचिव तथा नेपाली राजदूतावास जापानमा डेपुटी चिफ अफ मिसन र मिनिष्टर काउन्सिलरका रुपमा कार्यरत थिए । उनले बहराइनमा कार्यवहाक राजदूतको भूमिका निभाइसकेका छन् ।
बेलायतस्थित लिड्स युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्धमा एमए र त्रिभुवन विश्वविद्यालयबाट नेपालको परराष्ट्र र कुटनीति सम्वन्धमा विद्यावारिधी गरेका उनी साहित्यमा दुबसुका नामले चिनिन्छन् । उनका ‘अश्वमेध यज्ञका घोडाहरु’ कविता संग्रह र ‘कोलाज मन’ गजल संग्रह प्रकाशित छन् । उनले ‘तिमीले छोडेका यादहरु’, ‘मुटु चोर्ने आंखाहरु’, ‘चुपचाप चुपचाप’ गीति संग्रह लेखेका छन् । सुवेदीका गीत, कविता र गजल गरी झण्डै एक दर्जन बढि साहित्यिक रचना प्रकाशित छन् ।
यसबाहेक सुवेदीले ‘समसामयिक नेपाली गजल’, ‘समकालीन नेपाली कविता’, ‘प्रतिनिधि नेपाली गजल’, ‘समकालीन नेपाली कविताको रुपयात्रा’, ‘म्यान्माली नेपाली कविता’ र ‘मानवअधिकारका लागि नेपाली कविता’ लगायत एक दर्जन बढि साहित्य ग्रन्थको सम्पादन पनि गरेका छन् ।
तीन महिनाअघि लन्डन मिसनमा आइपुगेका कार्यवहाक राजदूत शरदराज आरनले यस अवधिमा बेलायतको नेपाली समुदायलाई नजिकबाट नियाल्ने अवसर पाएको उल्लेख गरे । ‘नेपाली समुदायका धेरै गतिविधिमा प्रत्यक्ष संलग्न हुन पाएं’, उनले भने, ‘नेपाली मेला, लन्डन मेला, आयरल्याण्ड डे लगायत प्रमुख गतिविधिका कारण धेरैलाई चिन्न र बुझ्न पाएं ।’
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’