लन्डन । नेप्लीज डक्टर्स एसोसियसन यूकेका पूर्व अध्यक्ष डा. भरत श्रेष्ठले दाङको दलित परिवारका दुई बालबालिकाको पठनपाठनमा सहयोग गरेका छन् ।
घोराही नगरपालिका वडा नं ४ चौघेरा निवासी सन्ध्या नेपाली तथा विशेषजंग नेपाली दिपशिखा उच्चमाविमा क्रमशः कक्षा ७ र ५ मा अध्ययनरत छन् । टुहुरा ती बालबालिकाको फि तिर्न समेत समस्या परेपछि डा. श्रेष्ठले उनीहरुको पठनपाठनमा सघाउने तत्परता देखाएका थिए ।
डा. श्रेष्ठ र उनको परिवारले पश्चिम नेपालको प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारीमा आफ्ना स्वर्गीय पिता भूपेन्द्रश्वर श्रेष्ठको सम्झनामा धर्मशाला बनाएको छ । त्यसैगरी दाङको धारपानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा श्रेष्ठ परिवारकै लगानीमा धर्मशाला निर्माण भइरहेको छ ।
ब्रिटेनको प्लेमाउथमा सपरिवार बसिरहेका डा. श्रेष्ठ तथा श्रीमती डा. रेखा श्रेष्ठले नेपाल तथा यूकेमा पनि थुप्रै सामाजिक काममा सघाइरहेका छन् ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?