
झरी सरी फैलंदै ध्रुव बिनाको माया
लन्डन । नेपाली गीत संगीतको उर्वर भूमि बन्दैछ बेलायत । श्रष्टा यहीं जन्मेका छन्, म्यूजिक भिडियो छायांकन रफ्तारमा बढेको छ ।
यसै क्रममा लोकप्रिय गायक उदितनारायण झाले गाएको झरी सरी…गीतको म्यूजिक भिडियो बेलायतमा छायांकनपछि पोस्टर सार्वजनिक गरिएको छ ।
झरी सरी… बोलको अत्यन्त मिठासपूर्ण गीतको म्यूजिक भिडियोमा बेलायतमै रहेका नेपाली चलचित्रका नायक ध्रुव दत्त र मोडल, मेकअप आर्टिष्ट एवं नायिका बिना राईले अभिनय गरेका छन् । निर्देशन र सम्पादन सुल्तान इडिंगोको छ । सुल्तान फिल्मस् यूकेको व्यानरमा निर्माणमा भएको उक्त भिडियो छायांकन बेलायतको आसफोर्डमा गरिएको हो । भिडियो चाँडै नै विश्वव्यापी रिलिज हुने भएको छ ।
अनल गौतमको शव्द रचना तथा अर्जुन पोखरेलको संगीत रहेको झरी सरी… गीतमा स्वप्निल लिम्बुले छायांकन गरेका छन् ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान
- बेलायतमा कसरी बन्यो कोभिड–१९ बारे जानकारी दिने नेपाली भाषामा पर्चा ?
- नेपालीद्वारा संचालित उलविच फार्मेसीले बुधबारबाट कोरोनाविरुद्धको खोप प्रदान गर्ने
- कोरोनाको संक्रमणलाई निर्मूल पार्न सकिदैन : जनस्वास्थ्यविद् डा. न्यौपाने
- बेलायतका लागि एक्काइसौं नेपाली राजदूतमा लोकदर्शन रेग्मी नियुक्त
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
फेसबुक