लन्डन । एनआरएनए यूकेले पांचथरको सिरिसे निमावि भवन पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउन गत आइतबार एक च्यारिटी कार्यक्रम गरेको छ ।
अल्डरसटस्थित एम्पायर हलमा आयोजित उक्त कार्यक्रममा करिब दुई सय मात्र सहभागी थिए । कार्यक्रम जुधेकाले सहभागिता तुलनात्मक रुपमा न्यून भएको आयोजकको स्वीकारोक्ति छ ।
च्यारिटीबाट २० लाख रुपैयांको प्रतिवद्धता आएको गैर आवासीय नेपाली संघ बेलायतका प्रवक्ता तथा एक कार्यकाल एक परियोजना २०१५–१७ संयोजक खुशी लिम्बुले जानकारी दिए । करिब ४० लाख रुपैयां संकलन गरी एक पक्की भवन निर्माण गर्ने उद्देश्य संघको छ । बांकी रकम अन्य माध्यमबाट उठाइने लिम्बुले जनाए ।
संघको कार्यसमितिको पाचौं बैठकले उक्त विद्यालय भवन पुनर्निर्माण गर्ने र विद्यालयलाई माध्यमिक तहसम्म लैजाने निर्णय गरेको थियो ।
संघका अध्यक्ष मुछेत्र गुरुङको सभापतित्वमा भएको च्यारिटी कार्यक्रममा प्रमुख अतिथी कार्यवहाक राजदूत शरदराज आरन, एनआरएनए आइसीसी सल्लाहकार विश्वआदर्श पण्डित, एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ, एनआरएनए यूके उपाध्यक्ष शान्ति थापा कुंवर, च्यारिटी विभागका सनत गुरुङ, आर के त्रिपाठी लगायतले सम्वोधन गरेका थिए । कार्यक्रम सञ्चालन उपमहासचिव अर्जुन कटुवालले गरेका थिए । उक्त अवसरमा सांस्कृतिक कार्यक्रम पनि भएको थियो । संघले समस्त दाताहरुप्रति आभार व्यक्त गरेको छ ।
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन