
प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक सोमबार प्रधानमन्त्री कार्यालयमा बस्दै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १० असोज । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले अनुदान सम्झौता भएका भूकम्पपीडितलाई असोज २० गतेसम्म पहिलो किस्ताको रु ५० हजार वितरण गरिसक्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको समितिको बैठकमा यस्तो निर्णय गरिएको बैठकपछि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
“पीडितलाई यसअघि रु दुई लाख दिने भनिएको अनुदानमा रु एक लाख थप गरी रु तीन लाख दिने, पहिलो किस्ता रु ५० हजार, दोस्रो किस्ता रु एक लाख ५० हजार र तेस्रो किस्ता रु एक लाख दिने तथा उपक्षेत्रीय तहमा रहेका कार्यालयलाई जिल्ला तहमा विकेन्द्रित गर्ने निर्णय भएको छ”– उहाँले भन्नुभयो ।
जिल्ला तहमा कार्यालय विकेन्द्रित गरेपछि जिल्ला समन्वय समितिको सचिवालयका रुपमा पनि काम गर्ने अधिकार दिई छिटो काम अघि बढाउन सहयोग मिल्ने प्राधिकरणको विश्वास छ ।
त्यस्तै एकीकृत बस्ती विकास र बस्ती स्थानान्तरण गर्ने काम अगाडि लैजाने निर्णय भएको प्राधिकरणले जनाएको छ । भूकम्प प्रभावित १७ जिल्लामा काठमाडौँ उपत्यकामा जस्तै लक्षित सर्वेक्षणको काम अगाडि बढाउने प्रक्रिया सुरु हुने भएको छ ।
पहिलो किस्ताको रु ५० हजार लिई सुरक्षित जग निर्माण गरेकालाई गाउँमा खटिएका इन्जिनियरले प्रमाणित गरेपछि दोस्रो किस्ताको रु एक लाख ५० हजार दिने निर्णय गरिएको छ ।
वसन्तपुर, सिंहदरबारजस्ता सम्पदा पुनःनिर्माणका लागि बजेट र डिजाइन बनिसकेकाले प्राविधिक अध्ययन सुरु गरिएको छ । प्राविधिक अध्ययनपछि पुनःनिर्माण अथवा रेक्टोफिटिङ के गर्ने भन्ने निर्णय गरिने भएको छ । परामर्श परिषद्को बैठक बसी गहन रुपमा पुनःनिर्माण कामका विषयमा छलफल गरी अघि बढ्ने निर्णयसमेत भएको जनाएको छ ।
रु तीन लाख दिनेसम्बन्धी कार्यविधि प्र्र्राधिकरण कार्यकारी समितिको बैठकबाट पारित गरी मन्त्रिपरिषद्मा पेस गरिने प्रक्रिया सुरु भइसकेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।
समितिका उपाध्यक्ष एवम् नेकपा एमालेका नेता भीम रावलले स्थलगत रुपमा खटिएका कर्मचारीलाई प्रेरित गर्ने गरी प्रोत्साहन भत्ता आदि दिने विषयमा पनि छलफल भएको जानकारी दिनुभयो । “पुनःनिर्माणको काम एकताबद्ध भई काम गर्ने प्रतिबद्धता हाम्रो दलको छ, हामी प्रतिपक्षमा भए पनि यसका लागि सहयोग गर्छौं, प्रधानमन्त्रीले पनि यसमा सहमति जनाउनुभएको छ”– उहाँले भन्नुभयो ।
पुनःनिर्माणका लागि आवश्यक थप बजेट जुटाउने विषयमा पनि समितिमा छलफल सुरु भएको उपाध्यक्ष रावलले बताउनुभयो ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे