लन्डन । गुल्मी जिल्ला समाज यूकेले क्यान्सर पीडित दुई जनालाई आर्थिक सहयोग गरेको छ । गुल्मी धुर्कोट बस्तुका ५ वर्षीय बालक रोयल पाण्डे र गुल्मी आपचौर इन्द्रेगौडा निवासी रामप्रसाद भण्डारीलाई आर्थिक सहयोग प्रदान गरिएको हो ।
बालक पाण्डे बिगत तीन महिनादेखि कान्ति बाल अस्पतालमा ब्लड क्यान्सरको उपचार गराइरहेका छन् । उनलाई १ लाख ९६ हजार ३ सय ४० रुपैयां सहयोग गरिएको समाजले जनाएको छ । उता, समाजले नयां दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा ब्लड क्यान्सरको उपचार गराइरहेका रामप्रसाद भण्डारीलाई १ लाख ५० हजार ८ सय १२ रुपैयां सहयोग गरेको छ ।
गुल्मी जिल्ला समाज यूके र पिटरबोरो नेपाली समाज यूकेमा आवद्ध समाजसेवीबाट संकलित रकम सेप्टेम्वर २५ तारिख समाजसेवी एवं पूर्व सांसद रूद्रमणि भण्डारीले अस्पताल पुगेर बालकका आमाबुवालाई हस्तान्तरण गरेका थिए ।
गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार एवं पिटरबोरो नेपाली समाज यूकेका निवर्तमान उपाध्यक्ष केशव भण्डारी र गुल्मी जिल्ला समाज यूकेका महासचिव शिव भण्डारीले पीडित परिवारको अनुरोधमा बालक पाण्डेको उपचारार्थ बेलायतबाट सहयोग संकलनको संयोजन गरेका थिए । समाज आवद्ध रामप्रसाद सापकोटाको संयोजनमा भण्डारीको सहयोगार्थ रकम उठाइएको थियो ।
समाजका अध्यक्ष राम गलामीले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बिरामीको उपचारका लागि सहयोग गर्ने सबै दातालाई धन्यवाद दिएका छन् ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?