
लन्डन । गीतकार डिल्लीराम राईको पहिलो गीति एल्बम ‘उपमा’ एक समारोहबीच सार्वजनिक गरिएको छ । आसफोर्ड केन्टस्थित नर्थ स्कुल सभाहलमा ‘उपमा’ एल्बमसंगै ‘हिजो थियौ तिमी, मेरी प्रिय साथी’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
प्रमुख अतिथि आसफोर्ड सगरमाथा नेप्लिज कम्युनिटी अध्यक्ष भाष्कर तितुङ तथा विभिन्न संघ संस्थाका अतिथिहरुले संयुक्त रुपमा एल्बम विमोचन गरेका थिए ।
विमोचन समारोहको सभापतित्व किरांत राई यायोक्खा नेपालकी पूर्व अध्यक्ष तथा प्राध्यापक सुमाया राईले गरेकी थिइन् ।
साहित्यकार बीरु मुकारुङले सञ्चालन गरेको उक्त कार्यक्रममा बेलायतस्थित गीतकारहरु इश्वर चाम्लिङ, भूमिराज राई, मुकेश राई, निलम आङबुहाङ, संजीब राई र जानु काम्बाङले ‘उपमा’ को प्रसंशा गर्दै प्रवासमा रहेर पनि नेपाली गीत संगीत प्रतिको योगदान एवं जगेर्ना गर्दै आम नेपाली श्रोताहरुमाझ एल्वम सार्वजनिक गरेकामा राईप्रति आभार व्यक्त गरे ।
खोटाङ दिक्तेलमा जन्मिएका गीतकार राई ब्रिगेड अफ गोर्खाज अन्तर्गत दोश्रो गोर्खा रेजिमेन्टमा दुई दशक यता कार्यरत छन् । मन्तव्यका क्रममा सहयोगी सबैलाई धन्यवाद दिंदै राईले श्रोताहरुबाट न्यानो माया र साथ पाइरहने अपेक्षा गरे । राई लामो समय देखि विदेशी भूमिमा रहेपनि नेपाली साहित्य र संगीत साधनामा निरन्तर समर्पित छन् । राईले यसअघि किरांत राई सांस्कृतिक मञ्चद्धारा उत्पादित सांस्कृतिक भावना बोकेको एल्बम आम्लावुङ (सुनखरी फूल) मा पहिलो गीत ‘कति दिन पर्खे’ लेखेका थिए जसमा गायिका आभा मुकारुङ र गायक बालन्द राईको स्वर छ । एल्बम ‘अलग उपहार’ मा रहेको ‘जीन्दगीको गोरेटोमा’ बोलको शब्द रचना पनि राईकै छ, जसलाई चर्चित गायिका मेलिना राई र युवा गायक रेवत राईले गाएका छन् ।
उद्घोषणका क्रममा साहित्यकार मुकारुङले गोर्खालीहरू कठोर बन्दुकमा मात्र होइन्, कलम र सृजनात्मक कार्यमा पनि अगाडि भएकाले लाहुरे परिवार हुनमा गर्व गर्नुपर्ने भावना पोखेका थिए । गीतकार हेमकुमार राईले एल्बम ‘उपमा’ को समीक्षा गर्दै कलाकार, साहित्यकारलाई देशका गहना मात्र होइन राष्ट्रको अंगको रुपमा लिनुपर्ने बताए ।
उक्त विमोचित एल्बममा ‘सपनाको संन्सार’, ‘हिजो थियौ’, ‘हांसो रहेछ माया’, ‘तिमी हौ जीवन मेरो’, लडाईंको मैदानमा’ र ‘तिम्रो मुहारमा’ बोलका आधा दर्जन गीत समाविष्ट छन् । जसमा डिल्लीरामको एकल शब्द रचना र गायक गंगाराज राईले एकल संगीत तथा स्वर भरेका छन् ।
कार्यक्रममा एल्बमको चर्चित गीत ‘हिजो थियौ तिमी मेरी प्रिय साथी, तिम्रो यादहरु छन् अझै बांकी’ बोलको गीतमा बनेको म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो । प्रियसीको यादमा समर्पण गरिएको उक्त वियोगान्त गीतमा गीतकार राईले आफूलाई स्थापित गीतकारको रुपमा नेपाली सांगीतिक धरातलमा पहिलो कोसेली स्वरुप दर्शक स्रोता माझ पस्केका छन् । भिडियोको निर्देशन निकेस खड्काले गरेका छन् भने मोडल एलिसा राई र आकाश श्रेष्ठले लिड रोलमा अभिनय गरेका छन् ।
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण