लन्डन । नेपालमा क्यान्सर पीडित एक युवतीको सहयोगका लागि साता दिनमै भाइबर ग्रुपबाट तीन लाख रुपैयां संकलन भएको छ ।
स्तन क्यान्सरले जीवन मरणको दोसांधमा रहेकी राखाबङ्देल ९, लस्ला (थोरो) निवासी जयन्ती नाछिरिङ राईको उपचारार्थ तत्काल आर्थिक सहयोग संकलन गरि हस्तान्तरण गरिएको चन्दा अभियानका सल्लाहकार गैर आवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष हिराधन राईले जानकारी दिए ।
चन्दा संकलनका लागि पदमबहादुर राई (डब्लुओटु), प्रकाश राई (१), कमल राई (२), सार्जेन्ट प्रकाश राई र एनआरएनए यूके उपाध्यक्ष हिराधन राईले पहल गरेका थिए । अभियानमा रावाखोला सेरोफेरो र खोटांग सेवा समाज यूकेको पनि उल्लेख्य साथ थियो । अभियानका सल्लाहकार राईले मनकारी दाता सबैप्रति आभार व्यक्त गरेका छन् ।
जयन्तीको साथमा १२ वर्षीया छोरी छिन् तर बिडम्बना उनका श्रीमानले पनि अर्को श्रीमति बिहे गरि छुट्टै बसेकाले जयन्ती पारिवारिक तनावमा छन् । सिताराम नाछिरिङ राईकी जेष्ठ सुपुत्री हुन् । जयन्तीका बाबाका दुई श्रीमति भएको र आमा पनि बेला बेलामा बेहोस भएर ढल्ने हुंदा आर्थिक स्थिति एकदम नाजुक भएपछि उपचारमा कठिनाइ भइरहेको थियो ।
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन