लन्डन । नेपालमा क्यान्सर पीडित एक युवतीको सहयोगका लागि साता दिनमै भाइबर ग्रुपबाट तीन लाख रुपैयां संकलन भएको छ ।
स्तन क्यान्सरले जीवन मरणको दोसांधमा रहेकी राखाबङ्देल ९, लस्ला (थोरो) निवासी जयन्ती नाछिरिङ राईको उपचारार्थ तत्काल आर्थिक सहयोग संकलन गरि हस्तान्तरण गरिएको चन्दा अभियानका सल्लाहकार गैर आवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष हिराधन राईले जानकारी दिए ।
चन्दा संकलनका लागि पदमबहादुर राई (डब्लुओटु), प्रकाश राई (१), कमल राई (२), सार्जेन्ट प्रकाश राई र एनआरएनए यूके उपाध्यक्ष हिराधन राईले पहल गरेका थिए । अभियानमा रावाखोला सेरोफेरो र खोटांग सेवा समाज यूकेको पनि उल्लेख्य साथ थियो । अभियानका सल्लाहकार राईले मनकारी दाता सबैप्रति आभार व्यक्त गरेका छन् ।
जयन्तीको साथमा १२ वर्षीया छोरी छिन् तर बिडम्बना उनका श्रीमानले पनि अर्को श्रीमति बिहे गरि छुट्टै बसेकाले जयन्ती पारिवारिक तनावमा छन् । सिताराम नाछिरिङ राईकी जेष्ठ सुपुत्री हुन् । जयन्तीका बाबाका दुई श्रीमति भएको र आमा पनि बेला बेलामा बेहोस भएर ढल्ने हुंदा आर्थिक स्थिति एकदम नाजुक भएपछि उपचारमा कठिनाइ भइरहेको थियो ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा