लन्डन । नेपाली संघीय समाज, बेलायतको दोस्रो महाधिवेशनले कमल गुरूङको अध्यक्षतामा नयां कार्यसमिति निर्वाचित गरेको छ । निवर्तमान सल्लाहकार गुरूङको अध्यक्षतामा २८ सदस्यीय कार्य समिति चयन भएको हो ।
समितिको सह अध्यक्षमा नरेश काङमाङ राई र बालकृष्ण राई, उपाध्यक्षहरूमा भानुभक्त राई, बसुन्धरा याक्खा राई, योगेश राई र पंकज बजगाइं चयन भएका छन् । त्यसैगरी, महासचिवमा कमल राई, उपमहासचिवमा मिलनचन्द्र राई, सचिवहरूमा देवेन्द्र राई, विमला कुमारी राई र दावा स्याङ्वो, कोषाध्यक्षमा जानुका राई, सह कोषाध्यक्षहरूमा होम सुनुवार र राजकुमार राई चुनिएका छन् । महाधिवेशनले सदस्यहरूमा सय कुमार राई, चन्द्रबहादुर गुरूङ, सुमित्रादेवी राई, इन्द्र गुरूङ, एम कुमार गुरूङ, दुर्गा गुरूङ, दीपेन्द्र गुरूङ, चन्द्र गुरूङ, शेर गुरूङ, आङ्दावा शेर्पा, रिञ्जी शेर्पा, फुर्वा शेर्पा र अमित थेवे रहेका छन् ।
संघीय समाजवादी फोरम, नेपालको प्रवास अंगका रूपमा रहेको समाजको महाधिवेशन आइतबार अल्डरसटमा पूर्व उपप्रधानमन्त्री तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्य र संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा नेफेसो इञ्चार्ज आङकाजी शेर्पाको विशेष आतिथ्यमा सम्पन्न भएको थियो ।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा