लन्डन । नेप्लीज डक्टर्स एसोसियसन युकेले आउँदो अक्टोबर २२ तारिख, शनिबार रमादा होटेल तथा कन्फरेन्स सेन्टर, केनिलवर्थ, वारवीकसायरमा च्यारिटी डिनर आयोजना गर्ने भएको छ ।
कार्यक्रममा माइती नेपालकी संस्थापक तथा सिएनएन हिरो अनुराधा कोइराला, विश्वमै पहिलो पटक ‘मृत मुटु’ को सफल प्रत्यारोपणमा संलग्न रहेका अष्ट्रेलियास्थित सर्जन डा. कुमुद धिताल, सगरमाथको सफल आरोहण गरेका एकजना रेनल ट्रान्सप्लानट सर्जन प्रा. क्रिस्टोफर इम्रे विशेष अतिथिको रुपमा सहभागी हुने आयोजक संस्थाले जनाएको छ । हालै सम्पन्न रियो ओलिम्पिक्समा सबैभन्दा कान्छी खेलाडीको रुपमा चिनिएकी गौरिका सिंह पनि सहभागी हुनेछिन्।
त्यसैगरी युकेस्थित नेपाली डक्टरहरुको पहिलो व्याण्ड ‘दृश्या’ तथा चर्चित नेपाली ब्याण्ड ‘दाजुभाइ’ ले पनि प्रस्तुति दिने कार्यक्रम छ ।
च्यारिटीबाट उठेको रकम अटिज्मरोगबाट प्रभावित बालबालिकाको हितकालागि अटिज्म केयर नेपाल सोसाइटी संस्थालाई पठाइने एसोसियसनले जनाएको छ। सोही दिन दिउँसो भर्खरै एमबीबीएस उत्तीर्ण गरेका युवा चिकित्सकहरुलाई ब्रिटेनमा उनीहरुको करियर अगाडि बढाउने संबन्धमा विभिन्न क्षेत्रका कन्सल्टेन्टहरुले परामर्श पनि प्रदान गर्नेछन।
“विगतमा जस्तै यसपटक पनि एउटा अत्यन्त मानवीय उद्देश्यकालागि हन गैरहेको च्यारिटी डिनरमा सहभागी हुन चिकित्सा क्षेत्रसंग संवद्ध लगायत समाजका अग्रणी व्यक्तित्वहरुलाई हामी निम्त्याउन चाहन्छौं। यो एकआपसमा परिचय गर्ने र मित्रता सुदृढ गर्ने अवसर पनि भएकाले तपाईहरुको गरिमामय उपस्थितिले हाम्रो हौसला बढाउने छ,” एसोसियसनका उपाध्यक्ष डा. सबिन जोशीले भने ।
सन् १९८५ मा स्थापित एसोसियसनले आफ्ना सदस्यहरुको वृत्तिविकासका साथै नेपाल तथा युकेमा कल्याणकारी कामहरु पनि गर्दै आएको छ ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक