
लन्डन । पांचथरको सिरिसे निमावि भवन पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउन आज सांझ एनआरएनए यूकेको च्यारिटी डिनर हुंदैछ । च्यारिटी कार्यक्रम सांझ ५ देखि अल्डरसटस्थित एम्पायर हलमा हुन लागेको हो । संघको कार्यसमितिको पाचौं बैठकले उक्त विद्यालय भवन पुनर्निर्माण गर्ने र विद्यालयलाई माध्यमिक तहसम्म लैजाने निर्णय गरेको थियो ।
करिब ४० लाख रुपैयां संकलन गरी एक पक्की भवन निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको उक्त च्यारिटी हुनु पूर्व नै १५ लाख रुपैंयांको प्रतिवद्धता आइसकेको गैर आवासीय नेपाली संघ बेलायतका प्रवक्ता तथा एक कार्यकाल एक परियोजना २०१५–१७ संयोजक खुशी लिम्बुले जानकारी दिए ।
आजको कार्यक्रमबाट ३२ हजार पाउण्ड उठाउने लक्ष्य अन्तर्गत प्रायोजकबाट ७ हजार पाउण्ड र टिकटबाट ५ हजार पाउण्ड आइसकेको लिम्बुले जनाए । थप २० हजार पाउण्ड दाताहरुबाट अपेक्षा गरिएको छ ।
हङकङबाट समेत १० लाख रुपैयां उठाउने योजनामा छन् लिम्बु । लिम्बुका अनुसार, ५० पाउण्डको एउटा टिकट लिएर त्यसमा ५१ पाउण्ड थपे चन्दा १०१ पाउण्ड हुने र त्यो व्यक्तिको नाम स्कुलमा ताम्रपत्रमा लेखिने छ । एक परिवारले २०० पाउण्ड स्पोन्सर गरे परिवार सबैलाई निशुल्क प्रवेशको व्यवस्था हुनेछ । एकलाख रुपैयां दिनेलाई भवनको संरक्षक घोषणा गरिनेछ । यसबारे स्कुल व्यवस्थापन समिति र एनआरएनए यूकेबीच सहमति भइसकेको छ ।
३ लाख रुपैयां वा सो भन्दा बढि दिनेलाई प्रमुख संरक्षक घोषणा गरिने र ७ लाख रुपैयां वा त्यो भन्दा बढि दिने व्यक्ति वा संस्थालाई विद्यालय भवनको नाम दाताको नामबाट नामाकरण गरिने योजना छ ।
कार्यवहाक राजदूत शरदराज आरन प्रमुख अतिथी हुने उक्त कार्यक्रममा लोक गायक गायिका बीरु लामा र जुना सिरिसको दोहोरी धमाका अर्को आकर्षण हुनेछ । कार्यक्रम सञ्चालन उपमहासचिव अर्जुन कटुवाल र सचिव फडिन्द्र भट्टराईले गर्नेछन् ।
सहभागी हुन नसक्नेले एनआरएनए यूकेको तल उल्लेखित बैंक खातामा जम्मा गरिदिन सक्ने लिम्बुले जनाए ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई