
लन्डन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव आज बिहान ७ बजे हिथ्रो विमानस्थल लन्डन ओर्लिएका छन् । यादव र उनीसंगै आएका केन्द्रिय सदस्य तथा विदेश विभाग इन्चार्ज आंगकाजी शेर्पालाई स्वागत गर्न कार्यवहाक राजदूत शरदराज आरनसहित नेपाली संघीय समाज यूके पदाधिकारी हिथ्रो विमानस्थल पुगेका थिए ।
नेताद्वयलाई फोरमका बैकल्पिक केन्द्रिय सदस्य भगवान चामलिङ र टेक बहादुर थापा, नेपाली संघीय समाज यूकेका अध्यक्ष धर्म तामाङ, महासचिव विश्वासहाङ खेवाहाङ, उप महासचिव कमल राई, वरिष्ठ उपाध्यक्ष जंग सुनुवार, उपाध्यक्ष बालकृष्ण राई, प्रवक्ता नरेश काङवाङ राई, सचिव मिलन चन्द्र राई, कोषाध्यक्ष बिमला राई, सल्लाहकार भक्त दुरा, कमल गुरुङ, भानुभक्त राई लगायत पधादिकारीहरुले स्वागत गरेका थिए ।
यादव लन्डन ओर्लिएपछि नेपाली दूतावासमा दिवा भोजका लागि जाने कार्यक्रम छ ।
नेपाली संघीय समाज (नेप्लिज फेडरल सोसाइटी) यूकेको दोस्रो महाधिवेशन उद्घाटनका लागि यादव यूके आएका हुन् । आगामी २५ सेप्टेम्बर आइतबार अल्डरसटस्थित एम्पायर हलमा समाजको महाधिवेशन हुंदैछ ।
यादव बेलायतको कार्यक्रमपछि बेल्जियम, पोर्चुगल गएर दुई सातापछि स्वदेश फर्कने बताइएको छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा