
लन्डन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव आज बिहान ७ बजे हिथ्रो विमानस्थल लन्डन ओर्लिएका छन् । यादव र उनीसंगै आएका केन्द्रिय सदस्य तथा विदेश विभाग इन्चार्ज आंगकाजी शेर्पालाई स्वागत गर्न कार्यवहाक राजदूत शरदराज आरनसहित नेपाली संघीय समाज यूके पदाधिकारी हिथ्रो विमानस्थल पुगेका थिए ।
नेताद्वयलाई फोरमका बैकल्पिक केन्द्रिय सदस्य भगवान चामलिङ र टेक बहादुर थापा, नेपाली संघीय समाज यूकेका अध्यक्ष धर्म तामाङ, महासचिव विश्वासहाङ खेवाहाङ, उप महासचिव कमल राई, वरिष्ठ उपाध्यक्ष जंग सुनुवार, उपाध्यक्ष बालकृष्ण राई, प्रवक्ता नरेश काङवाङ राई, सचिव मिलन चन्द्र राई, कोषाध्यक्ष बिमला राई, सल्लाहकार भक्त दुरा, कमल गुरुङ, भानुभक्त राई लगायत पधादिकारीहरुले स्वागत गरेका थिए ।
यादव लन्डन ओर्लिएपछि नेपाली दूतावासमा दिवा भोजका लागि जाने कार्यक्रम छ ।
नेपाली संघीय समाज (नेप्लिज फेडरल सोसाइटी) यूकेको दोस्रो महाधिवेशन उद्घाटनका लागि यादव यूके आएका हुन् । आगामी २५ सेप्टेम्बर आइतबार अल्डरसटस्थित एम्पायर हलमा समाजको महाधिवेशन हुंदैछ ।
यादव बेलायतको कार्यक्रमपछि बेल्जियम, पोर्चुगल गएर दुई सातापछि स्वदेश फर्कने बताइएको छ ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त