आइतबार, कार्तिक ९ २०७७ | Sun, October 25, 2020
नेपालको समय: ०२:५२ | UK Time: 22:07

उपेन्द्र यादव शुक्रबार लन्डन ओर्लंदै

वीनेपाली
२०७३ असोज ६ गते २१:२३

upendra-yadav_20110506084356

लन्डन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव शुक्रबार बिहान लन्डन ओर्लने भएका छन् ।

नेपाली संघीय समाज (नेप्लिज फेडरल सोसाइटी) यूकेको दोस्रो महाधिवेशन
उद्घाटनका लागि यादव यूके आउन लागेका हुन् । यादव बिहीबार नेपालबाट उडिसकेका छन् ।
यादव लन्डन ओर्लने बित्तिकै नेपाली दूतावासमा दिवा भोज र पत्रकार सम्मेलनमा सहभागी हुने आयोजकले जानकारी दिए ।

२५ सेप्टेम्बर आइतबार अल्डरसटस्थित एम्पायर हलमा समाजको महाधिवेशन हुंदैछ । सोसाइटीले यादवका साथ केन्द्रिय सदस्य तथा विदेश विभाग इन्चार्ज आंगकाजी शेर्पा समेत आउने जनाएको छ ।

यादव बेलायतको कार्यक्रमपछि बेल्जियम, पोर्चुगल समेत जाने योजना रहेको पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । यादव दुई सातापछि स्वदेश फर्कने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक