लन्डन । मातृभूमिबाट टाढिएपछि विदेशी माटोमा आफ्नो कला संस्कृति अनि भेषभुषा अनुसरण गरिरहन कम चुनौती छैन् । बेलायती खुल्ला परिवेशमा त यो अलिक कठिन नै छ । तर, भूपू ब्रिटिश गोर्खा परिवारकी एक्ली छोरी प्राप्ति गुरुङलाई बेलायत आएपछि आफ्नो कला संस्कृतिप्रति झन् मोह बढ्यो । उनलाई आफ्नै गाउंघरमा रुचाइने पहिरनले आकर्षित गर्छ । सोरठी र कौरा नृत्यले मन जित्छ न कि क्लवमा घन्किने रक म्यूजिकले ।
बेलायतमा कोरियोग्राफरका रुपमा उनले परिचय बनाइसकेकी
छिन् । बाबा गणेशबहादुर गुरुङ र आमा आसु गुरुङकी एक्ली छोरी
प्राप्ति स्याङजा सोंपाल समाज दरौं ९ की स्थानीय बासिन्दा हुन् । दाई ब्रिटिश आर्मीमा छन् । युनाइटेड स्कुल काठमान्डूकी प्रोडक्ट ।
‘मिस टिन गुरुङ २००६’ प्राप्ति १९ वर्षको उमेरमै बेलायत छिरिन् । लाहुरे सन्तान त्यो माथि एक्ली छोरी मोज मस्तीमा रम्न केही कमी थिएन, न कसैले रोक्न सक्थ्यो तर उनले त्यसलाई प्राथमिकता कहिल्यै दिइनन् ।
‘म आमा बाबुबाट पनि प्रभावित भएं’, २३ वर्षीया प्राप्तिले सुनाइन्, ‘अभिभावकलाई आफ्नै संस्कृति प्यारो लाग्थ्यो । स्कुलतिर सांस्कृतिक कार्यक्रममा नियमित भाग लिन्थें, कार्यक्रम होस्ट गर्थें, बाल कार्यक्रममा जज पनि भएं जसले गर्दा आफ्नै संस्कृतिप्रति झुकाव बढ्यो ।’
देश छाडेर बाहिर आएपछि स्वदेशको सबै कुरा झन् प्यारो लाग्ने उनले सुनाइन् ।
हाल यूनिभर्सिटी अफ ससेक्समा मनोविज्ञान विषय पढिरहेकी उनी सोंपाल समाज यूके रोधी परिवारकी कोरियोग्राफर हुन् । उक्त रोधी परिवारमा ८ जना आवद्ध छन् र संयोजक छन् भरत गुरुङ । उक्त समूहले गत वर्षको तमुधिं ल्होछारमा नाचको सम्पूर्ण जिम्मा लिएर आकर्षक नृत्य प्रस्तुत गरेको थियो । सोंपाल समाजका हरेक कार्यक्रममा यही समूह अगाडि सर्छ ।
गत वर्ष तमुधिं यूकेले गरेको सातौं ‘नेपाली मेला’ मा सोंपाल समाज यूकेले कौरा नृत्य देखाएर प्रथम स्थान ओगट्यो जसको कोरियोग्राफी प्राप्तिले गरेकी थिइन् । यस वर्षको नेपाली मेलामा भने समाजले दोश्रो स्थान लियो । यस वर्ष समाजका ११ जनाले सोरठी नृत्य देखाएका थिए र कोरियोग्राफी उनैले गरेकी थिइन् ।
नेपाली कला संस्कृति र भेषभुषाको जगेर्ना एवं बेलायतको नेपाली युवापुस्तालाई यसप्रति आकर्षित र जागरुक गराउने मिसनमा छिन् प्राप्ति ।
सोंपाल समाज यूके रोधी परिवारका संयोजक एवं सोंपाल समाज यूकेका सहसचिव भरत गुरुङ भन्छन्, ‘सानै उमेरमा भान्जीको नेपाली कला संस्कृतिप्रतिको लगावले हामी प्रभावित भएका छौं ।’ गुरुङले सोंपाल समाजमा युवा पुस्तालाई समेट्ने क्रममा प्राप्तिसंग निकट भएको बताए । त्यतिबेला प्राप्ति बेलायतमा हुने कार्यक्रममा नाच्ने गर्थिन् ।
राम्रो अवसर आए म्यूजिक भिडियो खेल्ने प्राप्तिले बताइन् । साहसिक खेलमा उनलाई औधि रुची छ, थाङका बनाउंछिन् उनी ।
सोंपाल समाज यूके रोधी परिवार औपचारिक निमन्त्रणा आए नेपाली कला संस्कृति झल्कने कुनै पनि संस्थाको कार्यक्रममा गएर नाच प्रस्तुत गर्न तयार छ । परिवारले नेपालबाटै पोशाकहरुको सेट ल्याएको छ ।
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?