नम्रताको कार्डिगन लिएर आए थापा

image4

लन्डन । रिटायर्ड लाइफमा पनि उत्तिकै सक्रिय छन् बेलायतवासी साहित्यकार हरिसिंह थापा । बेलायतमा हुने प्राय साहित्यिक कार्यक्रम छुटाउंदैनन् उनी । कविता कोरेर सुनाउंछन् । संग्रह निकाल्छन् बार बार । साहित्यिक यात्रामा अबिरल हिंडिरहेका यीनै पाका साहित्यकार नम्रताको कार्डिगन नामक कथा संग्रह लिएर पाठकसामु आएका छन् ।

परिषदका पूर्व अध्यक्ष थापाको कथा संग्रह नम्रताको कार्डिगन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे तथा बेलायतका लागि नेपालका नवनियुक्त राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीबाट संयुक्तरूपमा एक समारोहबीच काठमाण्डूमा विमोचन भयो ।

नेपाली साहित्य विकास परिषद यूके र नेपाल च्याप्टरको आयोजनामा भएको कार्यक्रममा संग्रह बिमोचन गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको समारोह हलमा आयोजित समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि उपकुलपति डा. विष्णुविभु घिमिरेले डायष्पोरामा बस्ने साहित्यकारहरूले देश बोकेका हुन्छन् भने । त्यसैगरी अर्का विशिष्ट अतिथि महामहिम डा. दुर्गा बहादुर सुवेदीले विदेश जांदा देशको संस्कृति र सभ्यता पनि गएको हुन्छ भन्दै विदेशमा बस्नेहरूबाट देशको देशको आर्थिक मात्र होइन सामाजिक र साहित्यिक विस्तार पनि भइरहेको धारणा राखे । डायस्पोरिक चेतनाले राष्ट्रिय भावनाको काम गरिरहेको हुने पनि उनले बताए ।

प्रखर समालोचक प्रा.महेश पौड्याल र डा. नारायण चालिसेले विमोचित कृति माथि समीक्षा गर्दै नम्रताको कार्डिगनको लेखकसंग विश्वचेत रहेको कुरा प्रभावशालीरूपमा प्रस्तुत गरे । अर्का वक्ता डा. देवी सुवेदी, डा. रेनुका थापा र मनोहरि थापाले कृतिकार हरिसिंह थापाको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारे भने सभापतिको आसनबाट बोल्दै परिषदका नेपाल च्याप्टरका उपाध्यक्ष वरिष्ठ शिक्षासेवी गोविन्द प्रसाद श्रेष्ठले थापाको सातौँ कृति आउनु एउटा सुःखद सन्दर्भ हो भने ।

image15

उक्त समारोहमा नेपाली साहित्य विकास परिषद यूकेका संस्थापक तथा वर्तमान अध्यक्ष साहित्यकार सुरेशजङ्ग शाह लगायत बेलायतबाट गएका यती नेपाली एसोसिएसन यूकेका पूर्व अध्यक्ष निमा वाङ्गेल लामा, कोसेली नेपाली साँस्कृतिक परिवार यूकेका संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापा, परिषदका सल्लाहकार कवि घन बहादुर थापा, उपाध्यक्ष पूर्व क्याप्टेन आर एस श्रेष्ठ, पूर्व कार्यकारिणी सदस्य पत्रकार बालमुकुन्द प्रसाद जोसी, पूर्व सदस्य सुरेन्द्र प्रसाद श्रेष्ठ, समाजसेवी जयकृष्ण तामाङ्ग, कृष्णा थापा, देव कुमारी थापा, उत्सव ढकाल र अमेरिकाको सियाटल समाजका पूर्व अध्यक्ष रबी शम्शेर जबरा लगायत विशिष्ठ व्यक्तिहरूको उपस्थिति थियो । साथै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रा. डा. ज्ञानु पाण्डे, प्राज्ञ प्रा. डा उषा ठाकुर, प्राज्ञ वियोगी बुढाथोकी, वरिष्ठ कवि गोपाल पराजुली, कवि हरिभक्त बुढाथोकी, समालोचक मुक्ति घिमिरे ,साहित्यकार ललिता दोसी, बिदुर केसी, भुवनहरि सिग्देल, गोपिकृष्ण लामिछाने लगायत उल्लेख्य साहित्यकार तथा वरिष्ठ व्यक्तित्वहरूको उपस्थिति थियो ।

सन् १९९५ मा स्थापना भएको बेलायतकै जेठो नेपाली साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेले विगत दुई वर्ष देखि नेपालमा समेत च्याप्टर खोली विविध साहित्यिक गतिविधि गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री