लन्डन । डा. बाबुराम भट्टराई नेतृत्वको पार्टी ‘नयां शक्ति’ को बेलायत संगठन अन्तर्राष्ट्रिय नेपाली समाज यूकेले देशका विभिन्न जल्दाबल्दा समस्याप्रति सरकारको ध्यानाकर्षण गराउंदै मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक ज्ञापनपत्र बुझाएको छ । लन्डनस्थित नेपाली दूतावासमार्फत ज्ञापन बुझाइएको हो । कार्यबहाक राजदूत शरदराज आरनले उक्त ज्ञापन बुझेका थिए ।
प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था माग र संबिधान संशोधन मार्फत सबैका मुद्दा समेटी सर्वस्वीकार्य संविधान बनाएर आर्थिक सम्वृद्धिमा लाग्नु नै मुलुकको हितमा रहेको ज्ञापनमा उल्लेख छ । संविधानसभाको ९० प्रतिशत मतले नेपालको संविधान जारी भएपनि मधेशी, जनजाति, थारु आदि समुदायको असन्तुष्टिलाई संविधानले संवोधन गर्न नसकेको र यो नगर्दासम्म मुलुकमा राजनीतिक अस्थिरता कायमै रहने पत्रमा छ । संघीयता, नागरिकता, सिमांकन, समावेशी जस्ता विषयमा अझै गहन राष्टिय चिन्तन आवश्यक रहेको पनि ज्ञापनमा छ ।
नयां शक्ति सत्ताको खेलमा होइन, सरकारले विभिन्न पक्ष, क्षेत्र र समुदायबाट उठेका जायज मागको यथाशीघ्र संवोधन गरोस्, पहिचानका ५ र सामथ्र्यका चार आधारमा टेकेर स्थानीय निकायको पुनर्संरचना गरोस् र जनताका दैनिक जीवनसंग सम्वन्धित समस्या समाधान गरोस् भन्ने चाहेको पत्रमा उल्लेख छ ।
ज्ञापनमा नेपालको संविधानले प्रत्याभूत गरेको आर्थिक सामाजिक अधिकार व्यवहारमा लागू गराउन सरकारसंग माग गरिएको छ । भूकम्प पीडितलाई राहत वितरण तथा पुनर्निर्माणमा भएको बिलम्बप्रति ध्यानाकर्षण जनाउंदै ज्ञापनमा दशैं पूर्व नै विशेष राहत प्याकेज दिन माग गरिएको छ ।
राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन पक्ष फितलो र अपारदर्शी भएको जनाउंदै ति परियोजना कार्यान्वयनमा तीव्रता ल्याउन एजेन्सी मोडलको अवधारणा ल्याउन पनि ज्ञापनपत्रमा माग छ । लोड सेडिङको माग कम गर्न प्रत्येक प्रदेशमा एक एकवटा जलविद्युत परियोजना सञ्चालन र काठमाण्ठौं निजगढ फास्ट ट्रयाक नेपालको हितमा हुने गरि निर्माण कार्य अघि बढाउन पनि माग गरिएको छ ।
सार्वजनिक यातायतालाई सुलभ र भरपर्दो बनाइयोस् भन्दै पत्रमा किसानलाई मल, बीउ, आधुनिक प्रविधिको व्यवस्था र यातायातमा सिन्डिकेट प्रथा हटाइयोस् भन्ने माग छ ।
माथिल्लो कर्णाली, अरुण तेश्रो, माथिल्लो मरस्याङदी, कोशी उच्च बांध लगायत विदेशीलाई दिइएका नदी सम्वन्धि जल सम्झौताको विवाद अन्त्य गर्न माग गरिएको छ । पत्रमा द्वन्द्वकालीन मुद्दा छानवीन गरि छिटो टुंग्याउन पनि माग छ ।
६ पृष्ठ लामो सो ज्ञापनपत्र विश्वव्यापी रुपमा बुझाइएको र यदि सम्बोधन नभए विश्वव्यापी रुपमै सशक्त आन्दोलन थालिने समाजका महासचिव जगन कार्कीले बताए ।
उक्त ज्ञापन पत्र बुझाउन समाजका सहसंयोजकत्रय सुरोज मास्के, दिपक गैरे र कर्म पहाडी साथै आर्थिक विभाग प्रमुख कृष्ण गैरे, ब्यापार विभाग प्रमुख रुद्र श्रेष्ठ, हन्स्लो संयोजक बीरेन्द्र श्रेष्ठ लगायत विभिन्न पदाधिकारीको उपस्थिति थियो ।
छोटो समयमा कार्यक्रमको समय, मिति तथा ब्यवस्थापन मिलाउन संयोजक भोला खनालको महत्वपूर्ण भूमिका थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा