
लन्डन । लन्डनस्थित नेपाली दूतावासले २० सेप्टेम्बर अपरान्ह विदेशी कुटनीतिज्ञमाझ नेपालको राष्ट्रिय दिवस मनाएको छ । नेपालमा नयां संविधान जारी गरिएको दिनलाई नेपाल सरकारले राष्ट्रिय दिवस (नेशनल डे) मनाउने निर्णय गरे बमोजिम दूतावासले कार्यक्रम गरेको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै कार्यवहाक राजदूत शरदराज आरनले नेपाल र बेलायतको सम्वन्ध झन् मजवुत बन्दै गएको बताए । उनले बेलायत नेपालबीच लामो ऐतिहासिक सम्वन्ध रहेको बताउंदै यस वर्ष दुई देशबीच कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष मनाइएको अवगत गराए ।
आरनले गत मार्च तेश्रो साता राजकुमार ह्यारी नेपाल भ्रमणमा गएको स्मरण गर्दै यसले बेलायती नागरिकमाझ नेपालबारे थप जानकारी र सदभावना वृद्धि भएको पनि उल्लेख गरे । कार्यवहाक राजदूत आरनले नेपालले गत वर्षको भूकम्पपछि बेलायतबाट ठूलो सहायता पाएको जनाउंदै कृतज्ञता समेत व्यक्त गरे ।
उनले हाल ब्रिगेड अफ गोर्खाजमा करिब २६ सय नेपालीले सेवा गरिरहेको जनाउंदै ब्रिगेड अफ गोर्खाज सन् १९४७ देखि ब्रिटिश आर्मीको परिपूरक रहेको पनि बताए । आरनले ग्रेट ब्रिटेन र नर्दन आयरल्याण्ड नेपालको व्यापार, लगानी र विकासका महत्वपूर्ण साझेदार रहेका बताउंदै बेलायती सहायताले नेपालको सामाजिक आर्थिक अवस्था सुदृढ भइरहेको उल्लेख गरे । उनले नेपाल सर्वोच्च शिखर सगरमाथा र बुद्धको देश, भगवान शिवको घर पशुपतिनाथ साथै सांस्कृतिक धरोहर, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिएको देश भएको पनि बताए ।
कार्यक्रममा विशेष अतिथी बेलायती विदेश मन्त्रालयकी दक्षिण एसिया प्रमुख लाउरा क्लार्कले बेलायत सरकारको प्रतिनिधित्व गर्दै नेपालको राष्ट्रिय दिवस मनाउन पाएकामा खुशी व्यक्त गरिन् । उनले दुई शताब्दीदेखि बेलायत नेपाल सम्वन्ध ज्यादै बलियो रहेको उल्लेख गर्दै बेलायतमा नेपाली जनसंख्या ८० हजार बढि रहेको र प्रत्येक वर्ष करिब ३० हजार बेलायती नेपाल भ्रमणमा जानुले पनि आपसी सम्वन्ध प्रगाढ रहेको पुष्टि गरेको उल्लेख गरिन् ।
बेलायतले भूकम्पपछि तत्काल राहत र पुनर्निर्माणमा उल्लेख्य आर्थिक सहयोग गरेको जनाउंदै क्लार्कले भर्खर मात्र चिभिनिङ छात्रवृत्तिमा नेपालबाट १३ जना विद्यार्थी विश्वकै प्रतिष्ठित विश्वविद्यालयमा पढ्न बेलायत आएका जनाइन् ।
उनले नेपालले संयुक्त राष्ट्रसंघको शान्ति स्थापक सेनामा विश्वकै छैठौं ठूलो संख्यामा सेना पठाएर सहयोग गरिरहेको प्रसंग पनि उठाइन् । दुई देशबीचको सम्वृद्धिका लागि बेलायत र नेपालले भविष्यमा संगै काम
गर्ने पनि क्लार्कले जनाइन् ।
अट्याची तेजेन्द्र रेग्मीले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपालीसहित विदेशी कुटनीतिज्ञहरु, बेलायती विदेश मन्त्रालय, गृह मन्त्रालय लगायतका विशिष्ठ पदाधिकारी सहभागी थिए ।
सहभागी पाहुना एभरेष्ट इनको स्वादिष्ट नेपाली खानामा रमाए ।
तस्विरः बीरेन्द्र श्रेष्ठ
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]