
लन्डन । सोमबार अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न गेसोको दोस्रो साधारणसभाले उपसभापति कृष्णकुमार राईलाई सभापतिमा चुनेको छ ।
स्थापनाकाल सन् १९९० देखिका सभापति पदमबहादुर गुरुङले
राईलाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।
नयां कार्यसमितिमा ७ जना उपसभापति चुनिएका छन् जसमा धर्मबहादुर तामाङ, मणिकिरांत बान्तवा राई, जीतबहादुर राई, भक्तबहादुर गुरुङ, श्रीमति कमला गुरुङ, क्षेत्रकला राई र तीर्खबहादुर पुन छन् ।
त्यसैगरि, महासचिवमा दशरथ राई, सचिव ओमबहादुर गुरुङ (माइला), सहसचिव रगप्रसाद पूर्जा, कोषाध्यक्ष देवीमाया पुन र सहकोषाध्यक्षहरुमा श्रीमति लालकुमारी गुरुङ र श्रीमति कुसुम तामाङ चुनिएको निर्वाचन समिति प्रमुख डा. चन्द्रबहादुर गुरुङले जानकारी दिए । गेसोले डा. गुरुङलाई प्रमुख सल्लाहकार नियुक्त गरेको छ । निर्वाचन एवं विधान संशोधन समिति प्रमुख डा. गुरुङका अनुसार गेसो केन्द्रीय कार्यसमिति १२९ सदस्यीय बनेको छ ।
सभापतिमा चुनिएपछि वीनेपालीलाई प्रतिक्रिया दिंदै राईले सभापति गुरुङले गोर्खा आन्दोलनका लागि लिएको रणनीति र कार्यनीतिलाई निरन्तरता दिने बताए । आन्दोलनलाई समयसापेक्ष परिवर्तन गर्न अन्य संघ संस्थालाई हेर्ने दृष्टिकोण परिवर्तन हुने, अरु गोर्खा संस्थाबीच एकता प्रयास
गर्ने, विगतका कमीकमजोरीलाई सच्याउने र संगठन विस्तार गर्ने योजना रहेको उनले थपे ।
राई २०५३ मा गेसो केन्द्रीय समितिको सचिव र २०५७ देखि निरन्तर उपसभापति रहंदै आएका छन् ।
केन्द्रीय समितिको छिट्टै बस्ने बैठकले संस्थापक सभापति पदमबहादुर गुरुङलाई के जिम्मेवारी दिने भन्नेबारे निधो गरिने राईले बताए ।
साधारणसभाले गेसोको महत्वकांक्षी साल्मेडांडा प्रोजेक्ट सम्पन्न गर्न प्राथमिकता दिने निर्णय गरेको छ । उक्त प्रोजेक्टका लागि नेपाल सरकारसंग समन्वय गर्ने र आर्थिक संकलन अभियानलाई तीव्रता दिइने गेसोको योजना छ ।
तस्विरहरुः मिलन तमु
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा