लण्डन । युकेका मगर महिलाहरुले १९ औं मगर महिला सङ्घ स्थापना दिवस मनाएका छन् ।
अल्डरसटमा आयोजना गरिएको सो कार्यक्रमको अध्यक्षता मगर महिला सङ्घ युकेकी अध्यक्ष छविमाया पुनले गरेकी थिइन भने प्रमुख अतिथि नेपाल मगर महिला सङ्घकी पूर्व अध्यक्ष श्याममाया पुन थिइन् ।
महासचिव सरला रानामगरले सन्चालन र वरिष्ठ उपाध्यक्ष विष्णु श्रीशले स्वागत मन्तव्य दिएको सो कार्यक्रममा मगर सङ्घ युकेकी उपाध्यक्ष अनिता रानामगर, एनआरएनए युकेकी उपाध्यक्ष शान्ति थापा कुँवर, मगर महिला सङ्घ युकेकी पूर्व अध्यक्ष हिमाली रानामगर, सल्लाहकारहरु नरमती पुन र हरिकला राना, मिस युके नेपाल टेनिसा राना, मगर महिला सङ्घ प्लमस्टिडकी अध्यक्ष देवीमाया पुन र युएचएसबी ब्रान्चकी अध्यक्ष पदम थापा, मगर सङ्घ युकेका संस्थापक अध्यक्ष थर्क राना र मगर बुद्धिस्ट समाजका अध्यक्ष कृष्ण दर्लामीले शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रममा मिस युके नेपाल टेनिसा राना, युकेव्यापी नृत्य प्रतियोगितामा पहिलो हुने इश्मी थापा, नर्सेज एसोसिएसन युकेकी महासचिव रश्मीता दर्लामी लगायतलाई सम्मान गरिएको थियो । यसैगरी हालै रेडिङ्गमा भएको भलिबल प्रतियोगितामा विजेता मगर महिला सङ्घ स्वीण्डनको टोलीलाई पनि पुरस्कृत गरिएको थियो ।
हेल्थ एण्ड सेफ्टीका बारेमा युएचएसबी शाखाका सचिव धना रोकाले जानकारी गराएकी थिइन् भने सोही शाखाका तर्फबाट बनाइएको केक पनि काटिएको थियो ।
कार्यक्रमको अन्त्यमा साँस्कृतिक सचिव शारदा पुनले साँस्कृतिक कार्यक्रम र सहकोषाध्यक्ष निर्मला थापाले राफल ड्र चलाएका थिए ।
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा