लण्डन । युकेका मगर महिलाहरुले १९ औं मगर महिला सङ्घ स्थापना दिवस मनाएका छन् ।
अल्डरसटमा आयोजना गरिएको सो कार्यक्रमको अध्यक्षता मगर महिला सङ्घ युकेकी अध्यक्ष छविमाया पुनले गरेकी थिइन भने प्रमुख अतिथि नेपाल मगर महिला सङ्घकी पूर्व अध्यक्ष श्याममाया पुन थिइन् ।
महासचिव सरला रानामगरले सन्चालन र वरिष्ठ उपाध्यक्ष विष्णु श्रीशले स्वागत मन्तव्य दिएको सो कार्यक्रममा मगर सङ्घ युकेकी उपाध्यक्ष अनिता रानामगर, एनआरएनए युकेकी उपाध्यक्ष शान्ति थापा कुँवर, मगर महिला सङ्घ युकेकी पूर्व अध्यक्ष हिमाली रानामगर, सल्लाहकारहरु नरमती पुन र हरिकला राना, मिस युके नेपाल टेनिसा राना, मगर महिला सङ्घ प्लमस्टिडकी अध्यक्ष देवीमाया पुन र युएचएसबी ब्रान्चकी अध्यक्ष पदम थापा, मगर सङ्घ युकेका संस्थापक अध्यक्ष थर्क राना र मगर बुद्धिस्ट समाजका अध्यक्ष कृष्ण दर्लामीले शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रममा मिस युके नेपाल टेनिसा राना, युकेव्यापी नृत्य प्रतियोगितामा पहिलो हुने इश्मी थापा, नर्सेज एसोसिएसन युकेकी महासचिव रश्मीता दर्लामी लगायतलाई सम्मान गरिएको थियो । यसैगरी हालै रेडिङ्गमा भएको भलिबल प्रतियोगितामा विजेता मगर महिला सङ्घ स्वीण्डनको टोलीलाई पनि पुरस्कृत गरिएको थियो ।
हेल्थ एण्ड सेफ्टीका बारेमा युएचएसबी शाखाका सचिव धना रोकाले जानकारी गराएकी थिइन् भने सोही शाखाका तर्फबाट बनाइएको केक पनि काटिएको थियो ।
कार्यक्रमको अन्त्यमा साँस्कृतिक सचिव शारदा पुनले साँस्कृतिक कार्यक्रम र सहकोषाध्यक्ष निर्मला थापाले राफल ड्र चलाएका थिए ।
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन