लण्डनमा भिसी शेरबहादुर थापाकाे स्मृति दिवस

लण्डन । दोश्रो बिश्वयुद्धमा जर्मनी सेना विरुद्ध लड्ने क्रममा इटालीको सान मारिनोमा मारिएका भिसी शेरबहादुर थापाको ७२अाैँ स्मृति दिवस १८ सेप्टेम्बरका  दिन लण्डनको प्लमस्टिडमा मनाइएकाे छ ।
 कार्यक्रमका प्रमुख अतिथि ब्रिटेनका लागि नेपाली कार्यवहाक राजदूत शरदराज आरनले ब्रिटेनको लागि नेपाली गोर्खाहरुले पुर्याएको योगदानको एउटा  प्रतीक भिसी शेरबहादुर थापा भएकोले उहाको सम्झना गर्नु अत्यन्तै सान्दर्भिक भएको चर्चा गर्नु भएको थियो । उहाँले भन्नु भयो  “भिसी शेरबहादुर थापा सबै गोर्खाहरुको नासो भएकाले हामी सबैले उहाँलाई सम्झनु हाम्रो दायित्व हो ।”
कार्यक्रममा  खस अन्तर्राष्ट्रिय समन्वय समाजका संयोजक टेकबहादुर थापाले खस जाति प्राचिन कालदेखिनै लडाकु जातिको रुपमा परिचित जाति भएकाले खस जातिका मानिसहरुको उपस्थिति  सेनामा अग्रिम स्थानमा रहदै आएको बताउनु भएको थियो । खसहरुले महाभारतको युद्धमा दुर्योधनको पक्षमा लडेका प्रसंग उहाले सुनाउनु भएको थियो ।
कार्यक्रमा लन्डनस्थित हन्स्लो काउन्सिलका पूर्ब मेयर तथा काउन्सिलर पौल लिंचले ब्रिटेनको लागि गोर्खाहरुले खेलेको भूमिका ब्रिटिस नागरिकहरु बिर्सन नहुने धारणा राख्नु भएको थियो । सैनिक  आवाजका सम्पादक डा. चन्द्र बहादुर गुरुङले ब्रिटेनको लागि भिसी शेर बहादुर थापाहरुले पुर्याएको योगदानको उचित सम्मान हुन नसकेको दुखेसो गर्नु भएको थियो । कार्यक्रममा बिश्व नेपाली साहित्य महासघका अध्यक्ष बिश्वदिप तिगेलाले बेलायती साम्राज्यले कब्जा गरेका  ६६ वटा अाैपनिबेशिक  मुलुकमध्ये ३६ वटा उपनिवेश बनाउन गोर्खाहरुको महत्वपूर्ण भूमिका बताए ।
नेपाली संघीय समाज युकेका अध्यक्ष धर्म तामाङ, किरात मंच प्रबास प्रमुख राजन खिम्दि‌ग राई, आदिवासी जनजाति महासघ युकेका महासचिब कर्मा शेर्पा, जनमुक्ति मंच युकेका अध्यक्ष नारायण पुन, पहिचान साहित्य पुरस्कार कोषका अध्यक्ष नरेश काङवाङ राई, लेखक तथा खस छेत्री अभियन्ता कृष्णबहादुर थापा, बिश्व नेपाली साहित्य समाज युकेका अध्यक्ष सुमल गुरुङ, रोयल ग्रीनवीच नेपाली समाजका अध्यक्ष कुमार श्रेष्ठ, एनआरएन युके केन्द्रिय सहकाेषाध्यक्ष ललित न्यौपाने, नेपाली संघीय समाज युकेका सचिव मिलन चन्द्र राई , नेबिसंघ युकेका रेशम अर्याल, नेपाली संघीय गठबन्धन युकेका अध्यक्ष पदम गाहा मगर, नेपाली आदिवासी जनाजति महासंघ नेपालका पूर्व सचिव भक्त दुरा, खस समाजका सल्लाकार महेन्द्र खस लगायतले उक्त अबसरमा आआफ्नो मन्तब्य राख्नु भएको थियो ।
नौ गोर्खा राइफलका सिपाही थापाको सन् १९४४ सेप्टेम्बर १९ का दिन जर्मनी सेनाको आक्रमणमा निधन भएकाे थियाे । तनहुँ जिल्लाको घले छापमा जन्मिएका थापालाई ब्रिटिश सरकारले मरणाेपरान्त भिक्टोरिया क्रसको उपाधि प्रदान गरेको थियो ।
नौ गोर्खा राइफल तत्कालिन ब्रिटिश सरकारले सन १८१७ मा नेपाली खस जातिका छेत्री र ठकुरीका लागि बनाएको थियो । शेरबहादुर थापा उक्त नौ जिआरका तर्फबाट भिक्टोरिया क्रसको उपाधि पाउने एक मात्र खस मुलका नेपाली हुन् । ब्रिटिश सेनाको सबैभन्दा ठूलो उपाधि भिक्टोरिया क्रस हो । उक्त उपाधि शेर बहादुर थापाको परिवारलाई नदिएर नौ जिआरले नै आफूसंग राखेको छ ।
खस समाज युकेले संयुक्तरुपमा आयोजना गरेको साे कार्यक्रममा स्वागत मन्तब्य समाजका सल्लाहकार राजेन्द्र  खसले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सन्तोष कार्कीले गर्नु भएको थियो । खस समाज युकेका अध्यक्ष इन्द्र कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।
SONY DSC

SONY DSC

प्रतिक्रिया

सम्बन्धित सामाग्री