लन्डन । नेपाली सेनाका महासेनानी कुमार लामा बेलायतको आवासीय अधिकार (आइएलआर) त्यागेर नेपाल फर्किएका छन् । बेलायतमा आफू माथिका यातना सम्वन्धि मुद्दामा सफाइ पाए लगत्तै लामा यहांको पिआर त्यागेर सोमबार सांझ नेपाल फर्किएको लन्डनस्थित नेपाली दूतावास श्रोतले उल्लेख गरेको छ ।
कान्तिपुर लेख्छ, लामाले गत साता आफ्नो पिआर रद्द गरिदिन दूतावासमा निवेदन दिएका थिए । दूतावासले लामाको निवेदन बमोजिम होम अफिस (गृह मन्त्रालय) लाई पिआर भिजा रद्द गरिदिन आग्रह गरेकामा होम अफिसले प्रक्रिया अगाडि बढाइएको जनाएको श्रोतले उल्लेख गरेको छ । गृहले काठमाण्डौंस्थित ब्रिटिश दूतावासमार्फत गर्न सकिने विकल्प समेत दूतावासलाई प्रस्तुत गरेको थियो ।
‘हामीले लामाले स्वेच्छाले पिआर त्याग्न गरेको आग्रहबारे जंगी अड्डामा समेत अवगत गराइसकेका छौं’, दूतावास श्रोतले भन्यो, ‘व्यक्तिगत भन्दा दूतावासमार्फत आवेदन दिंदा बलियो प्रमाण हुने भएर लामाले त्यसो गरेको हुनुपर्छ ।’
बेलायतमा कुनै अपराधिक क्रियाकलाप गरे वा लगातार दुई वर्ष भन्दा बढि समय यूके बाहिर रहे यहांको आवासीय अधिकार रद्द हुने प्रावधान भएपनि लामाले स्वेच्छाले त्याग्न निवेदन दिएका हुन् ।
स्वदेश फर्किएर आर्मी करिअर शुरु गर्ने मनस्थितिमा रहेका लामाले पिआर त्याग्न जरुरी थियो । नेपाल राजपत्रमा प्रकाशित निजामती सेवा (चौथो संशोधन) ऐन, २०७२ खण्ड ६५, को प्रावधान बमोजिम २०७३ असार २९ देखि लागू हुने गरि निजामति कर्मचारीलाई विदेशको स्थायी आवासीय अधिकार लिन रोक लगाइएको छ । त्यस्तो अधिकार लिने कर्मचारीले कि जागिर कि पिआर त्याग्नुपर्ने प्रावधान छ । सेनाले पनि यसैलाई नजिर मान्दै आएको छ ।
लामा दूतावासबाट ट्राभल डकुमेन्ट बनाएर नेपाल फर्किएका हुन् ।
दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघको शान्तिस्थापक सेनामा खटिएका बेला छुट्टीमा परिवार भेटन बेलायत आउंदा सन् २०१३, जनवरी ३ मा लामालाई लन्डन मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको थियो ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ