नर्सिङ एसोसिएसनकी नवनिर्वाचित अध्यक्ष प्रसुनाका यस्ता छन् योजना

prasuna

नवनिर्वाचित अध्यक्ष प्रसुना कंडेल

लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेले शनिबारदेखि नयां नेतृत्व पाएको छ । यसअघि उपाध्यक्ष रहेकी प्रसुना कंडेलले अध्यक्षको कार्यभार सम्हालेकी छन् । अब अध्यक्षको गहन जिम्मेवारी उनले कसरी पुरा गर्नेछिन् ? सर्वसम्मत अध्यक्ष निर्वाचित भएको भोलिपल्ट उनले वीनेपालीसंग आफ्ना प्रतिवद्धता व्यक्त गर्दै भनिन्, ‘बेलायतमा रहेका नेपाली नर्सहरुलाई एकवद्ध 
गर्ने, सदस्यता विस्तार, नेपालमा आफूहरुको सीप र ज्ञान हस्तान्तरण 
गर्ने योजना, गोरखा र सिन्धुपाल्चोकमा विद्यालय पुनर्निर्माण र प्रसुति गृह निर्माण प्रोजेक्टमा निरन्तरता दिने मेरो योजना छ ।’ उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना र बेलायतमा रहेका नेपलिज 
डक्टर्स एसोसिएसनसहित स्वास्थ्य र अन्य सामाजिक 
संघसंस्थासंग सहकार्य गर्ने योजना पनि सुनाइन् । एसोसिएसनले विविध वार्षिक कार्यक्रम समेत गर्नेछ ।

बेला बेला स्वास्थ्य शिक्षा र सचेतना कार्यक्रम समेत उनको प्राथमिकतामा 
छ । नेपलिज नर्सिङ एसोसिएसन यूके बेलायतको च्यारिटी संस्था भएकाले यसबाट व्यक्तित्व विकास र समाज हितका लागि धेरै लाभ लिन सकिने कंडेल बताउंछिन् । ‘यो व्यवसायिक संगठन भएकाले बेलायतस्थित नेपाली 
नर्सहरु सबैलाई म संगै हातेमालो गरेर अगाडि बढौं भन्न चाहन्छु’, कंडेलले भनिन्, ‘हामी नर्सहरुको पेशागत समस्याप्रति सधैं सचेत हुनेछौं, उनीहरुको पीर मर्कामा साथ दिनेछौं ।’ एसोसिएसनलाई यहांसम्म ल्याउन साथ दिने सबैप्रति उनी कृतज्ञ भइन् । अक्टोबरमा पहिलो बैठक बस्ने जनाउंदै उनले कार्यसमितिका सम्पूर्ण सदस्य तथा समस्त 
नर्सहरुहरुलाई बैठकमा सहभागी हुन आग्रह गरेकी छिन् । उक्त बैठकले सल्लाहकाहरु चयन गर्ने अपेक्षा छ ।

ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा सम्पन्न एसोसिएसनको अधिवेशनले अध्यक्षमा कंडेल, उपाध्यक्षमा विनोदविकास सिम्खडा, महासचिव रस्मिता दर्लामी, सांस्कृतिक सचिव (कल्चरल सेक्रेटरी) रेखा खरेल, कोषाध्यक्ष गंगा साम्पाङ र सहकोषाध्यक्षमा यमुना आलेलाई सर्वसम्मत निर्वाचित गरेको छ । महासचिव दर्लामीका अनुसार, सदस्यहरुमा रफी श्रेष्ठ, बिनु लामिछाने, सुदर्शना शाक्य, अनिता खरेल भण्डारी र आज्ञा खनाल ढकाल निर्वाचित भएका छन् । सदस्यहरु सबै नयां अनुहार हुन् ।

अन्य सबै पद सर्वसम्मत भएपनि उपाध्यक्ष पदका लागि बिनोद बिकास सिम्खडा र सुनिता गौतम दुई जनाको दावेदारी परेको थियो । तर, गौतम विशेष कारणवश अधिवेशनमा सहभागी हुन नसकेपछि सिम्खडा विजयी भएका थिए । निर्वाचन समितिकी प्रमुख टुका स्यान्डवेलले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शपथ खुवाइन् भने पूर्व अध्यक्ष बासु लामिछानेले नयां कार्यसमितिको नाम घोषणा गरे । निर्वाचन समितिमा संस्थापक अध्यक्ष अजिता सिम्खडा समेत सामेल थिइन् ।

nna-uk

अध्यक्ष सुशीला कार्कीको सभापतित्वमा सम्पन्न अधिवेशनमा महासचिव बिनोद बिकास सिम्खडाले कार्कीको नेतृत्वमा संस्थाले गरेका गतिविधिहरुबारे प्रकाश पारे । सिम्खडाले भूकम्प लगत्तै एसोसिएसन आवद्ध नर्सहरु उद्दार तथा उपचारमा संलग्न भएका, पुनर्निर्माणमा सहयोग, संस्थालाई च्यारिटी कमिसनमा दर्ता, स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन, समाजसेवी नर्स राधा पौडेललाई लन्डनमा सम्मान तथा उनको प्रोजेक्टमा सहयोग, नेपालमा किड्नी फेल भएका एक युवा र क्यान्सर रोगी एक महिलालाई आर्थिक सहयोग लगायतका कल्याणकारी कार्य भएको जानकारी दिएका थिए । अधिवेशनमा कोषाध्यक्ष रस्मिता दर्लामीले आयव्यय विवरण पेश गरिन् भने विधान संशोधन लगायत विषयमा छलफल समेत भयो । जांदाजांदै अध्यक्ष कार्कीले आफ्नो कार्यकालमा साथ दिने कार्यसमिति, सल्लाहकार र नेपाली समुदायप्रति आभार व्यक्त गरिन् ।

14380193_1265787513440234_119444793092750122_o

प्रतिक्रिया

सम्बन्धित सामाग्री