
लन्डन । अचेल नेपाली सिनेमाको बेलायत प्रदर्शन सन्तोषजनक हुंदै गएकामा इभेन्ट अर्गनाइजर दंग छन् । केही साताअघि पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ अभिनित पहिलो फिल्म ‘गाजलु’ युरोपकै प्रतिष्ठित सिने वल्र्डका १० सिनेमा हलमा चले । त्यतिखेर नायिका सृष्टिले भनेकी थिइन्, ‘अब नेपाली सिनेमा
अन्तर्राष्टिय स्तरका बनिरहेका भन्ने एउटा नमुना हो यो ।’
शनिबार सांझ दीपकराज गिरी र दीपाश्री निरौलाको पछिल्लो चर्चित सिनेमा ‘छक्का पन्जा’ ले समेत बेलायतमा अत्यधिक दर्शक बटुल्यो । नेपालमा भदौ तेश्रो साता रिलिज भएयता नयां रेकर्ड कायम गरिरहेको छक्का पन्जा अल्डरसटस्थित प्रिन्सेस हलमा ‘हाउसफूल’ प्रदर्शन भएको हो ।
आयोजकमध्ये एक बीरेन खड्काले सिनेमा हेर्न ५६५ जना दर्शक सहभागी भएको जानकारी दिए । ‘हामीले नसोचेका दर्शक आए’, खड्काले भने, ‘दर्शक मागका कारण आगामी २५ सेप्टेम्बर सांझ एकैदिन लन्डन उलवीच र स्वीन्डनमा समेत देखाउने भएका छौं ।’ एनआरएनए युरोप संयोजक कुल आचार्यले दीप प्रज्वलन गरेपछि दुई देशका राष्टिय गानसंगै प्रदर्शन अघि बढेको थियो ।
लन्डनस्थित नामी भ्यू सिनेमा हलमा समेत छक्का पन्जा लगाउन गृहकार्य भइरहेको खड्काले जानकारी दिए ।
नेपलिज इन्टरटेन्मेन्ट यूकेले छक्का पन्जा बेलायत ल्याएको हो । आयोजक समूहमा राजेन्द्र गुरुङ, अनिल मल्ल र दीपक खड्का समेत थिए ।
दीपाश्री निरौलाको पहिलो निर्देशनमा बनेको उक्त फिल्मले हांस्यव्यङयबाहेक रेमिटेन्समाथि निर्भर नेपाली समाजमा त्यसले उब्जाएका सामाजिक विचलन पक्ष राम्ररी समेटेको छ । फिल्ममा प्रियंका कार्की, दीपकराज गिरी, शिवहरि पौडेल, जितु नेपाल, बुद्धि तामाङ, केदार घिमिरे, वर्षा राउत लगायत कलाकार छन् ।
छक्का पन्जा फिल्म निर्माण टोलीले यसअघि बनाएका ६ एकान ६ र वडा नम्बर ६ पनि बेलायतमा राम्ररी प्रदर्शन भएका थिए ।
तस्विरहरुः मिलन तमु
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा