
लन्डन । अचेल नेपाली सिनेमाको बेलायत प्रदर्शन सन्तोषजनक हुंदै गएकामा इभेन्ट अर्गनाइजर दंग छन् । केही साताअघि पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ अभिनित पहिलो फिल्म ‘गाजलु’ युरोपकै प्रतिष्ठित सिने वल्र्डका १० सिनेमा हलमा चले । त्यतिखेर नायिका सृष्टिले भनेकी थिइन्, ‘अब नेपाली सिनेमा
अन्तर्राष्टिय स्तरका बनिरहेका भन्ने एउटा नमुना हो यो ।’
शनिबार सांझ दीपकराज गिरी र दीपाश्री निरौलाको पछिल्लो चर्चित सिनेमा ‘छक्का पन्जा’ ले समेत बेलायतमा अत्यधिक दर्शक बटुल्यो । नेपालमा भदौ तेश्रो साता रिलिज भएयता नयां रेकर्ड कायम गरिरहेको छक्का पन्जा अल्डरसटस्थित प्रिन्सेस हलमा ‘हाउसफूल’ प्रदर्शन भएको हो ।
आयोजकमध्ये एक बीरेन खड्काले सिनेमा हेर्न ५६५ जना दर्शक सहभागी भएको जानकारी दिए । ‘हामीले नसोचेका दर्शक आए’, खड्काले भने, ‘दर्शक मागका कारण आगामी २५ सेप्टेम्बर सांझ एकैदिन लन्डन उलवीच र स्वीन्डनमा समेत देखाउने भएका छौं ।’ एनआरएनए युरोप संयोजक कुल आचार्यले दीप प्रज्वलन गरेपछि दुई देशका राष्टिय गानसंगै प्रदर्शन अघि बढेको थियो ।
लन्डनस्थित नामी भ्यू सिनेमा हलमा समेत छक्का पन्जा लगाउन गृहकार्य भइरहेको खड्काले जानकारी दिए ।
नेपलिज इन्टरटेन्मेन्ट यूकेले छक्का पन्जा बेलायत ल्याएको हो । आयोजक समूहमा राजेन्द्र गुरुङ, अनिल मल्ल र दीपक खड्का समेत थिए ।
दीपाश्री निरौलाको पहिलो निर्देशनमा बनेको उक्त फिल्मले हांस्यव्यङयबाहेक रेमिटेन्समाथि निर्भर नेपाली समाजमा त्यसले उब्जाएका सामाजिक विचलन पक्ष राम्ररी समेटेको छ । फिल्ममा प्रियंका कार्की, दीपकराज गिरी, शिवहरि पौडेल, जितु नेपाल, बुद्धि तामाङ, केदार घिमिरे, वर्षा राउत लगायत कलाकार छन् ।
छक्का पन्जा फिल्म निर्माण टोलीले यसअघि बनाएका ६ एकान ६ र वडा नम्बर ६ पनि बेलायतमा राम्ररी प्रदर्शन भएका थिए ।
तस्विरहरुः मिलन तमु
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त