लण्डन । बेलायतमा पढ्दै गरेका नेपाली विद्यार्थीहरुले जिसिएसइ परीक्षामा अब्बल नतिजा ल्याउन थालेका छन् ।
कसैकसैले सो परीक्षामा ११ वटा ‘ए’ स्टार ल्याएको पनि पाइएको छ भने उत्कृष्टताकै कारण बेलायतको प्रतिष्ठित इटन कलेजमा पनि मौका पाएका छन् । जहाँ नेपालका राजपरिवार पढ्ने गर्थे ।
हालै रेडिङमा नेपाली विद्यार्थीहरुलाई सम्मान गर्न आयोजित एक कार्यक्रममा उनीहरुको सफलता प्रकाशमा आएको हो ।
हाइली स्किल्ड माइग्रेन्ट फोरम, रेडिङले विद्यार्थीहरुलाई हौसला दिनका लागि सो कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा अभिभावक, समुदायका अगुवा र सर्वसाधारणहरु उपस्थित थिए ।
कार्यक्रममा ११ वटा ए स्टार ल्याई इटन कलेजमा मौका पाएका वेदान्त दुधराज, ११ वटा ए स्टार ल्याउने प्रिज्मा गौतम र अकिशा आचार्यले आफ्ना अनुभव सुनाएका थिए । अभिभावकका तर्फबाट यशोदा पौडेल, लाखमान लामा, तुलसी सेन, ललित दुधराज र उनकी श्रीमती तथा कमला गौतमले बोलेका थिए ।
कार्यक्रममा रेडिङ विश्वविद्यालयबाट रसायनशास्त्रमा विद्यावारिधि गरिरहेकी सराह गुरुङले पनि आफ्नो अनुसन्धानको बारेमा प्रस्तुती दिएकी थिइन् । कार्यक्रममा ब्यारिष्टर देवेन्द्र श्रेष्ठले चालिस वर्षको उमेरमा आफूले आफ्नो सपना पूरा गरेका बताउँदै युवाहरुले किन आफ्नो उद्देश्य गर्न नसक्ने भन्दै प्रोत्साहन दिए ।
रेडिङ विश्वविद्यालयका डा अलिसन मार्टिन र रेडिंग वैज्ञानिक सेवा लिमिटडका अलान गुण्डलले नेपाली विद्यार्थीहरुले हासिल गरेको सफलताका लागि बधाइ दिँदै प्रतिस्पर्धात्मक बजारमा खरो उत्रन कडा मिहिनेत गर्नपर्ने बताए ।
कार्यक्रममा विद्यार्थीहरुलाई प्रशंसापत्र र उपहार दिइएको थियो ।
कार्यक्रममा वेडफोडसायर विश्वविद्यालयका डा. कृष्ण रेग्मी, एनआरएनए सल्लाहकार विश्वआदर्श पण्डित, ग्रेटर रेडिङ नेपाली समाजका पूर्व अध्यक्षहरु महेश गुरुङ र अर्जुन बस्नेत, वर्तमान महासचिव ओमकार अधिकारी लगायतको उपस्थिति थियो ।
कार्यक्रमको अध्यक्षता फोरमका संयोजक डा. नविन आचार्यले, संचालन रमेश कायस्थले र स्वागत मन्तब्य महेश आचार्यले गरेका थिए ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ