लण्डन । बाग्लुङ बुर्तिबाङ्स्थित उत्तरगंगा उच्च माध्यमिक विद्यायलको आवासगृहमा रहेका अपाङ्गता भएका बालबालिकाले एक महिनाको लागि खाद्य तथा शैक्षिक सामग्री सहयोग पाएका छन् ।
सो आवास गृहमा बसोबास गर्ने १८ जना अपाङ्गता भएका बालबालिकालाई खाद्यअभाव भएको समाचार सुनेपश्चात आयरल्याण्डबाट सिमाना आलेले सो सहयोग उपलब्ध गराएकी हुन् ।
आले भूतपूर्व गोरखा सैनिककी छोरी हुन् । केही वर्षदेखि सपिरवार आयरल्याण्डमा बसोबास गर्दै आइरहेकी आले अल्स्टर विश्वविद्यालयकी स्नातक तहकी विद्यार्थी पनि हुन् । उनको यस सहयोग साथीहरुको पनि सहकार्य छ ।
सिमानाले पठाएको सहयोग स्थानीय गीता घर्तीमगरले संयोजन गरी यही भदौ २७ गतेका दिन स्थानियबासी, राजनैतिक दलका प्रतिनिधि तथा अभिभावकहरुको उपस्थितिमा हस्तान्तरण गरियो ।
विद्यालयका शिक्षक, राजनैतिक दलका प्रतिनिधि, अभिभावकहरुले सिमानाको सो कार्यको खुलेर प्रशंसा गरे । प्लान नेपालले आवास गृह बनाए पनि व्यक्तिगत तवरबाट यसरी ठूलो रकमको सहयोग यसअघि नमिलेको बताउँदै उनीहरुले सिमाना र उनको सहयोगी साथीहरुलाई धेरै धेरै धन्यवाद दिए ।
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा