लण्डन । बाग्लुङ बुर्तिबाङ्स्थित उत्तरगंगा उच्च माध्यमिक विद्यायलको आवासगृहमा रहेका अपाङ्गता भएका बालबालिकाले एक महिनाको लागि खाद्य तथा शैक्षिक सामग्री सहयोग पाएका छन् ।
सो आवास गृहमा बसोबास गर्ने १८ जना अपाङ्गता भएका बालबालिकालाई खाद्यअभाव भएको समाचार सुनेपश्चात आयरल्याण्डबाट सिमाना आलेले सो सहयोग उपलब्ध गराएकी हुन् ।
आले भूतपूर्व गोरखा सैनिककी छोरी हुन् । केही वर्षदेखि सपिरवार आयरल्याण्डमा बसोबास गर्दै आइरहेकी आले अल्स्टर विश्वविद्यालयकी स्नातक तहकी विद्यार्थी पनि हुन् । उनको यस सहयोग साथीहरुको पनि सहकार्य छ ।
सिमानाले पठाएको सहयोग स्थानीय गीता घर्तीमगरले संयोजन गरी यही भदौ २७ गतेका दिन स्थानियबासी, राजनैतिक दलका प्रतिनिधि तथा अभिभावकहरुको उपस्थितिमा हस्तान्तरण गरियो ।
विद्यालयका शिक्षक, राजनैतिक दलका प्रतिनिधि, अभिभावकहरुले सिमानाको सो कार्यको खुलेर प्रशंसा गरे । प्लान नेपालले आवास गृह बनाए पनि व्यक्तिगत तवरबाट यसरी ठूलो रकमको सहयोग यसअघि नमिलेको बताउँदै उनीहरुले सिमाना र उनको सहयोगी साथीहरुलाई धेरै धेरै धन्यवाद दिए ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा