लन्डन । लन्डनस्थित नेपाली दूतावासले आगामी २० सेप्टेम्बर अपरान्ह नेपालको राष्ट्रिय दिवस मनाउने भएको छ । नेपालमा नयां संविधान जारी गरिएको दिनलाई नेपाल सरकारले राष्ट्रिय दिवस (नेशनल डे) मनाउने निर्णय गरे बमोजिम दूतावासले पनि कार्यक्रम राखेको हो ।
कार्यक्रममा नेपालीसहित विदेशी कुटनीतिज्ञहरु, बेलायती विदेश मन्त्रालय, गृह मन्त्रालय लगायत विशिष्ठ पदाधिकारी सहभागी हुने कार्यवहाक राजदूत शरदराज आरनले जानकारी दिए ।
रिसेप्सन अघि हुने औपचारिक कार्यक्रममा कार्यवहाक राजदूतले नेपालको समसामयिक राजनीतिक घट्नाक्रम र संविधान जारीपछिको परिवर्तनबारे अवगत गराउने कार्यक्रम छ ।
गत वर्ष भदौ ३० गते संविधानसभाबाट दुई तिहाइभन्दा बढी बहुमतले पारित नेपालको संविधान असोज ३ गते मुलुकको पहिलो राष्ट्रपति डा रामवरण यादवद्वारा लागू भएको घोषणा गरिएको थियो ।
नयां संविधानपछि नेपालमा धेरै राजनीतिक परिवर्तन भइसकेको छ । नेपालको संविधान जारी भएलगत्तै मुलुकमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) लगायत दलको संयुक्त सरकार बन्यो । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा बस्यो । अहिले पुष्पकमल दाहाल प्रधानमन्त्री छन् ।
नयां संविधानअनुसार भएको राष्ट्रपतिको निर्वाचनबाट मुलुकले पहिलो महिला राष्ट्रपति र पहिलो महिला सभामुखसमेत पायो । राष्ट्रपतिमा विद्यादेवी भण्डारी र सभामुखमा ओनसरी घर्ती निर्वाचित भए । प्रधानन्यायाधीश कल्याण श्रेष्ठ उमेर हदका कारण अवकाश भएपछि मुलुकले पहिलो प्रधानन्यायाधीशका रुपमा सुशीला कार्कीलाई पाएको छ ।
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा