
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री निवास वालुवाटारमा आसन्न भारत भ्रमणका बारेमा परामर्श लिन मङ्गलबार सर्वदलीय बैठकको आयोजना गर्नुहुँदै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने र विगतका सम्झौताहरुलाई कार्यान्वयनमा लाने दिशामा केन्द्रित गर्न सुझाइएको छ ।
प्रधानमन्त्री दाहालले आज आफ्नै निवास बालुवाटारमा परामर्शका लागि बोलाउनुभएको सर्वदलीय बैठकमा सहभागी भएका दलका नेताहरुले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन आग्रह गरेका हुन् ।
छलफलमा सहभागी नेपाली काँग्रेसका नेता भरत खड्काले असाधारण परिस्थितिमा आएको प्रधानमन्त्री दाहालको भारत भ्रमणका विषयमा कसैले पनि शङ्का र उपशङ्का गर्न नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो – “भारत भ्रमणमा पुष्पकमल दाहाल जान लागेको होइन, प्रधानमन्त्री जान लाग्नुभएको हो, त्यो संस्था हो र त्यसलाई विश्वास गर्नुपर्छ । छिमेकी मुलुकसँग स्पष्ट कुरा राखेर सम्बन्धलाई थप उचाइमा पु¥याउन पहल हुनुपर्छ ।” नेता खड्काले प्रधानमन्त्री उच्च मनोबलका साथ भारत भ्रमणमा जाने विश्वास पनि व्यक्त गर्नुभयो ।
भारत भ्रमणमा जाँदा आफूसँग खास नयाँ मुद्दा नभएको दलका नेतालाई प्रधानमन्त्री दाहालले बताउनुभएपछि आफूहरुले विगत केही समय अगाडि राजनीतिक तहमा दुई देशको सम्बन्ध चिसिएको र त्यसलाई सुधार्न प्रधानमन्त्री दाहालको भारत भ्रमण सफल होस् भनी शुभकामना दिएको सङ्घीय समाजवादी फोरम नेपालका नेता अशोक राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल–भारत सम्बन्धलाई अझ उँचो बनाउन र विगतमा दुई देशबीच भएका विभिन्न सन्धि र सम्झौतालाई कार्यान्वयनमा लान नेताहरुले सुझाव दिएका थिए ।
साउन १९ गते व्यवस्थापिका–संसद्बाट काँग्रेसको साथ र सहयोगमा प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएका दाहालले यही भदौ ३० गतेदेखि भारतको चारदिन लामो भ्रमण गर्दै हुनुहुन्छ ।
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन