
काठमाडौँ, २६ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदहरुले भूकम्पपीडित जनताले सहज रुपमा राहत तथा अनुदान रकम पाउन नसकेकोमा गुनासो गरेका छन् ।
स्थानीय तथा राष्ट्रिय समस्या बारे सदनलाई जानकारी गराउँदै उनीहरुले भूकम्पपीडितको लाभग्राही सूचीमा अझैपनि पीडित व्यक्ति छुटेकाले त्यस्ता व्यक्तिलाई तत्काल राहत रकम उपलब्ध गराउन र सुकुम्बासीे समस्या सम्बोधन गर्न सरकारसंग आग्रह गरेका छन् ।
धादिङ, नुवाकोट, सिन्धुली, सिन्धुपाल्चोकलगायतका जिल्लामा भूकम्पपीडितको लाभग्राही सूचीमा करिब ४० प्रतिशत पीडित छुटेको भन्दै उनीहरुलाई तत्काल सूचीमा राखेर पहिलो किस्ताको रकम दिन सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै सांसदहरुले मुग्लिन–नारायणगढ राजमार्ग विस्तारको नाममा यात्रुले हैरानी भोगिरहेको र नजिकदो चाडपर्वको समयमा थप हैरानी बेहोर्नुपर्ने अवस्था आएकाले यो समस्यालाई तत्काल समाधान गर्न जोड दिनुभयो ।
शुक्लाफाँटा आरक्ष विस्तार हुँदा स्थानीय पीडित भएकाले उनीहरुलाई तत्काल राहत दिन र गल्छी– रसुवागढी सडकखण्ड विस्तारमा भइरहेको ढिलाइप्रति पनि उहाँहरुले सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
स्थानीय पुनःसंरचना आयोगले प्रस्ताव गरेको पुनः संरचनाको प्रस्ताव व्यवहारिक नभएकाले त्यसले स्थानीय तहमा विवाद बढाएको र स्थानीय जनतालाई सेवा दिने भन्दा दुःख दिने मनसायले उक्त प्रस्ताव आएकोे सांसदहरुको भनाइ छ ।
यसरी धारणा राख्नेमा कृपाराम राना, कृष्णप्रसाद पौडेल, गणेश पहाडी, गीता वाग्ले, गुरुप्रसाद बुर्लाकोटी, चन्द्रकान्त भण्डारी, चुडामणि विक जङ्गली, जनार्दन ढकाल, जुठबहादुर खड्गी टुहुरे, तारामान गुरुङ र तुलसा रानालगायत हुनुहुन्थ्यो ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा