
काठमाडौँ, २४ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठक अन्तिम समयमा आएर गणपूरक सङ्ख्या नपुगेपछि स्थगन भएको छ ।
बैठकमा गणपूरक सङ्ख्याका बारेमा सांसद डिल्लीराज काफ्लेले प्रश्न उठाउनुभएको थियो । त्यसलगत्तै सभामुख ओनसरी घर्तीले संसद् सचिवालयका कर्मचारीलाई सदस्यको सङ्ख्या गणना गर्न निर्देशन दिनुभयो ।
सङ्ख्या गणना गर्नका लागि तीन मिनेटको घन्टी बजाएर समय प्रदान गरिएको थियो । सो समयमा पनि बैठकमा १२६ जना मात्र सदस्य रहेको तथ्याङ्क सचिवालयले सङ्कलन गरेको थियो ।
संसद्को बैठकमा कुनै पनि प्रस्ताव निर्णयार्थ पेश गर्दा कम्तीमा १४९ सङ्ख्या आवश्यक पर्नेमा उक्त सङ्ख्या अपुग भएको जनाउँदै आजको कार्यसूचीमा बाँकी रहेको न्याय परिषद् विधेयक, न्याय प्रशासन विधेयक र न्याय सेवा आयोगसम्बन्धी विधेयक कार्यसूचीबाट हटाइएको सभामुख घर्तीले जनकारी दिनुभयो ।
संसद्को अर्काे बैठक यही भदौ २६ गते आइतबार ११ बजे बस्नेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते