
काठमाडौँ, २३ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक महत्वको विषयमा सदनमा दिनुभएको वक्तव्यलाई प्रचारमुखी मात्र भएको सङ्ज्ञा दिएको छ ।
साउन १९ गते सदनबाट प्रधानमन्त्रीमा निर्वाचित दाहालले पहिलोपटक आज व्यवस्थापिका–संसदमा सरकारका प्राथमिकता, हालसम्मका उपलब्धिका बारेमा एकघन्टा लामो लिखित मन्तव्य राख्नुभएको थियो ।
बैठकबाट बाहिरिने क्रममा एमालेका उपाध्यक्ष भीम रावलले बजेटमै व्यवस्था नभएको कार्यक्रमका बारेमा प्रधानमन्त्री दाहालले आफ्नो भनाइ राख्नु सस्तो प्रचारमात्र भएको टिप्पणी गर्नुभयो ।
उहाँको प्रश्न थियो – “प्रधानमन्त्रीले बोल्नुभएका विषय बजेट वक्तव्यमा छैन । कहाँबाट पैसा ल्याएर त्यो पूरा गर्नुहुन्छ ?”
उपाध्यक्ष रावलले संविधान संशोधन कसका लागि किन चाहियो भन्ने प्रश्न गर्दै यो बेकारमा चलाइएको हल्लामात्र हो भन्नुभयो ।
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द