
काठमाडौँ, २३ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक महत्वको विषयमा सदनमा दिनुभएको वक्तव्यलाई प्रचारमुखी मात्र भएको सङ्ज्ञा दिएको छ ।
साउन १९ गते सदनबाट प्रधानमन्त्रीमा निर्वाचित दाहालले पहिलोपटक आज व्यवस्थापिका–संसदमा सरकारका प्राथमिकता, हालसम्मका उपलब्धिका बारेमा एकघन्टा लामो लिखित मन्तव्य राख्नुभएको थियो ।
बैठकबाट बाहिरिने क्रममा एमालेका उपाध्यक्ष भीम रावलले बजेटमै व्यवस्था नभएको कार्यक्रमका बारेमा प्रधानमन्त्री दाहालले आफ्नो भनाइ राख्नु सस्तो प्रचारमात्र भएको टिप्पणी गर्नुभयो ।
उहाँको प्रश्न थियो – “प्रधानमन्त्रीले बोल्नुभएका विषय बजेट वक्तव्यमा छैन । कहाँबाट पैसा ल्याएर त्यो पूरा गर्नुहुन्छ ?”
उपाध्यक्ष रावलले संविधान संशोधन कसका लागि किन चाहियो भन्ने प्रश्न गर्दै यो बेकारमा चलाइएको हल्लामात्र हो भन्नुभयो ।
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र