
लन्डन । डा. सुरेशचन्द्र चालिसे ४ वर्षे कार्यकाल सकिएर उनी नेपाल फर्किएपछि झण्डै अढाइ वर्ष खाली भयो लन्डनस्थित नेपाली राजदूतको कुर्सी (तस्विर हेर्नुहोस्) । यतिका सम्म राजदूतको अफिस नै बन्द छ । त्यतिबेला राष्ट्रपति थिए डा. रामवरण यादव, (उनको तस्विर भित्तामा झुण्ड्याइएको तल तस्विरमा देख्न सकिन्छ) ।
अहिले राष्ट्रपति फेरिइन् विद्यादेवी भण्डारी । उनै राष्ट्रपति भण्डारीले डा. दुर्गाबहादुर सुवेदीलाई संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन् गत मंगलबार । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा परराष्ट्र मन्त्रालयका सहसचिव सुवेदीलाई सो पदमा नियुक्त गरेकी हुन् ।
राजनीतिक पार्टीको कोटामा राजदूत सिफारिस गरिएका १४ जनाले यो पद प्रचण्ड सत्तामा आए लगत्तै गुमाउनुपरेपनि सुवेदी डिप्लोमेटिक करिअरका कारण संसदीय सुनुवाइ पास गरेर यता आउन पाए ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त भएका डा. सुवेदी कहिले लन्डन आइपुग्छन् त्यो भने निश्चित भइसकेको छैन् । ‘महामहिम कहिले आइपुग्ने भन्ने खबर त आइसकेको छैन्’, कार्यवहाक राजदूत शरदराज आरनले वीनेपालीसंग भने, ‘भिजा लगाउनु पर्ला, अरु व्यवस्थापन पनि बांकी होला । तर, हामी उहांलाई स्वागत गर्न आतुर छौं ।’ आरनले राजदूत नहुंदा द्धिपक्षीय सम्वन्ध विस्तार र अन्य कुटनीतिक पहलमा केही प्रभाव पर्ने बताए ।
बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापना र ब्रिटिश सेनामा गोर्खा भर्तीको २०० वर्षका उपलक्ष्यमा बेलायतमा धेरै कार्यक्रम गरिए जहां तत्कालिन कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले नै सम्हाले ।
छिट्टै लन्डन आइपुग्ने सुवेदीले ‘आधुनिक नेपालको विदेश नीति र कूटनीति’ विषयमा विद्यावारिधि र विभिन्न विधाका आधा दर्जन कृति प्रकाशन तथा सम्पादन गरेका छन् । सुवेदी एक दर्जन विद्याका पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।
तस्विरहरुः नरेश खपांगीमगर
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक